बैशाख ३१, २०८१ सोमबार

कर्णालीको स्थगित निर्वाचन अब के हुन्छ ?

बिर्तामोड । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको पत्रपछि झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन रोकिएको छ । तत्कालका लागि निर्वाचन रोक्न पत्र आएपछि निर्वाचन कार्यक्रम रोकिएको संस्थाका अध्यक्ष टस बहादुर प्रधानले जानकारी दिए । कर्णालीको निर्वाचन आजका लागि तयारी गरिएको थियो ।

प्रदेश रजिष्ट्रारको कार्यालयमा शेयर सदस्य किरण पाण्डेको अगुवाईमा २७ जना शेयर सदस्यहरुले सञ्चालक समितिको निर्वाचन सदस्यहरुबाट प्रजातान्त्रिक विधिबाट हुनुपर्नेमा सो अधिकारबाट बञ्चित गरिएको भन्दै उजुरी गरेका थिए । सोही उजुरीका आधारमा रजिष्ट्रारको कार्यालयले शेयर सदस्यहरुलाई अधिकारबाट बञ्चित गर्न नहुने भन्ने आसयमा पत्र काट्दै पुनःनिर्वाचन कार्यक्रम प्रकाशन गरी जानकारी दिन भनिएको छ । सहकारी, मुल्य मान्यता, सिद्धान्त, सहकारी ऐन नियम र संस्थाको विनियय अनुसार नभएकोले सो अनुसार गर्न प्रक्रिया अघि बढाउन रजिष्ट्रार कार्यालयले आग्रह गरेको हो ।

कर्णालीलाई ११ गते पत्र काटेपछि सहकारीको तर्फबाट अध्यक्ष टस बहादुर प्रधान सहितको टोली बिहीवार रजिष्ट्रारको कार्यालय पुगेको थियो । अध्यक्ष प्रधानका अनुसार रजिष्ट्रार कार्यालयले दुवै पक्षलाई बोलाएर छलफल गर्ने जनाएको छ । त्यसपछि निर्वाचन कायृक्रम अघि बढ्ने प्रधानको भनाई छ ।

संस्थाको उपाध्यक्ष पदमा बाहेक सबै पदमा सर्वसम्मत भइसकेको उनले जानकारी दिए ।
इकाईगत साधारणसभाबाट ५१ प्रतिशत सदस्यहरुबाट छनौट गरिएको अध्यक्ष प्रधानले जानकारी दिए । शत प्रतिशत सदस्यहरुलाई मताधिकार हुनुपर्ने कतै उल्लेख नभएको उनको दावी छ । यता, उजुरीकर्ताहरुले हरेक सदस्यको मतअधिकार हुने बताइरहेका छन् । उनीहरुले २०७६ को दफा ११४ मा मताधिकार सबै सदस्यहरुलाई हुने उल्लेख भएको बताएका छन् ।

प्रकाशित मिति : पुष १३, २०८० शुक्रबार  १२ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]