बैशाख २३, २०८१ आईतबार

चारआलीबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । चारआली प्रहरी चौकीबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषध र मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अर्जुनधारा नगरपालिका वडा नं.११ का २९ वर्षीय चालक मनिस मोक्तान र मोटरसाईकलमा सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सवार मे.५ प.३६४८ नं.को मोटरसाईकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रवार राती १०ः४५ बजे शंका लागेर चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित
लागुऔषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेको प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
मोटरसाईकल सहित नियन्त्रणमा लिई उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : पुष १४, २०८० शनिबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]