बैशाख २१, २०८१ शुक्रबार

जलथल जंगल आसपास बस्तीमा सधैं जंगली हात्तीको त्रास

हल्दिवारी । चारकोशे जलथल जंगलमा रहेका रैथाने जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पु¥याइरहेको भन्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको ध्यानाकर्षण गराएका छन् ।

झापाको दक्षिणी पालिकाहरूको अवलोकन भ्रमण गर्ने क्रममा शनिबार हल्दिबारी पुगेका मन्त्री राईलाई पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले जंगली हात्तीले पु¥याउँदै आएको मानवीय तथा भौतिक क्षतिका बारेमा जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको छ ।

जलथल जंगल आसपास बस्तीका बासिन्दा हात्तीको डर र त्रासले बाचिरहेका बारेमा मन्त्री राईलाई भेटेरै अवगत गराउनुका साथै लिखित रूपमै ज्ञापनपत्र बुझाएको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए ।

हात्ती आतंक रोकथाम तथा न्यूनीकरणका लागि दिगो व्यवस्थापनको प्रबन्ध र जंगल वरिपरि जडित विद्युतीय तारवार तत्काल मर्मत सम्भारको व्यवस्था मिलाई दिन मन्त्रीलाई आग्रह गरिएको उनले बताए । हात्ती आतंकको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण भएको र यसको दिगो व्यवस्थापनको लागि तुरुन्त पहल गर्ने मन्त्री राईले आश्वासन दिएको उनको भनाइ छ ।

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, ४ नम्बर वडाध्यक्ष सन्तकुमार थापा, १ नम्बर वडाध्यक्ष देवी थापा लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर १५ गते हात्तीले वनपालेको ज्यान लिएको थियो । रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी–३ निवासी ४० वर्षीय धनबहादुर बनको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

हात्तीले उनलाई लछारपछार गर्दै जंगलभित्रै कुल्चिएर मारेका थिए। त्यस्तै जलथल जंगलबाट निस्किएको हात्तीले पुस ४ गते हल्दीबारी गाउँपालिका–२ निवासी अन्दाजी ५५ वर्षीय पाथल राजवंशीको ज्यान लियो। राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयमा कार्यालय सहयोगीमा रुपमा कार्यरत थिए । बिहान ४ बजे मर्निङ वाक गर्न घरबाट निस्किएका उनलाई हात्तीले आक्रमण गरी मारेका थिए । जिल्ला चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : पुष १५, २०८० आईतबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]