चैत्र ६, २०८० मंगलबार

लोपोन्मुख जातिको संरक्षण हुनेछ : मुख्यमन्त्री राई

धुलावारी । मुख्यमन्त्री शेरधन राईले सिमान्तकृत एवम् लोपोन्मुख जातिको संरक्षणका लागि प्रदेश सरकारले विशेष महत्व दिएको बताएका छन् ।
शनिवार झापाको धुलावारीमा अन्तराष्ट्रिय बोडो मेचे साहित्य एवम् सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले मेचे जातिको भाषा, संस्कृति संरक्षणमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रदेश नं. १ जातीय सुन्दरताले भरिपूर्ण भएको प्रदेश हो, मुख्यमन्त्री राईले भने – प्रदेश सरकारले लोपोन्मुख जातिको विशेष संरक्षण गर्ने छ । उनले आउँदो नीति तथा कार्यक्रममा जातीय उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिने बताएका छन् ।


नेपाल भारतका मेचे जाति सहभागी सो महोत्सवमा मुख्यमन्त्री राईले आफ्नो उपस्थिति अर्थपूर्ण रहेको भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन लागि परेको जीकिर गरे । देशलाई समृद्ध बनाउन हरेक जातिको उत्थान जरुरी रहेको बताउँदै उनले जनताको विचमा एकता पनि अपरिहार्य भएको बताए । एकताले समृद्ध निर्माण गर्छ राईले भने , हामी नेपाली एउटै मालामा बाँधिनुपर्छ ।

सम्बोधनका क्रममा मेचे जातिलाई राज्यको हरेक तहमा समानुपनतिक सहभागिता गराउन आफ्नो भूमिका रहने राईको भनाई थियो ।
मेचे जातिको भाषा, धर्म संस्कृति र लिपिको संरक्षणका लागि आयोजना गरिएको महोत्सवम दुई दिनसम्म चल्ने छ । सो कार्यक्रममा मेचे जातिले जातीय कला संस्कृति प्रस्तुत गर्ने छन् ।

भारतमा बसोबास गर्ने मेचे जातिका अगुवा समेत सहभागि भएको सो महोत्सवमा मेचे जातिको संरक्षणका बारेमा छलफल समेत हुनेछ । बोडो मेचे साहित्य सभाका अध्यक्ष कमल मेचेले लोपोन्मुख जाति मेचेको संरक्षणमा सरकारले उल्लेख्य भूमिका निर्भाह गर्नुपर्ने बताएका छन् ।

उनले मेची नदी, मेची अस्पताल र मेचीनगरको नामाकरण नै आफ्नै जातिबाट राखिएको स्मरण गराउँदै उनले संरक्षणमा सरोकारवालाले चासो दिनुपर्ने बताए । ०६८ को जनगणनामा ५ हजारभन्दा बढि मेचे जाति रहेको तथ्याङक छ । त्यसमध्ये ८० प्रतिशतको बसोवास मेचीनगरमै रहेको उनको दावी छ ।

प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार  ४ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]