बैशाख २६, २०८१ बुधबार

भत्ताको भरमा काम गरिरहेको स्वयमसेविकाहरुको गुनासो

शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् ।

आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका संघ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको नगर भेलामा सहभागी अधिकांश महिला स्वयमसेवीहरुले आफुहरु अन्यायमा परेको बताएका हुन् ।

महिला स्वास्थ्य स्वयमसेवीहरु नागरिकको घरघरमा गई स्वास्थ्यको पहिलो खुड्किलोको रुपमा काम गर्नेपर्नु तर सरकारले न्युन भत्ताको भरमा काम लगाएको आरोप लगाए ।

कार्यक्रममा नेपाल महिला स्वास्थ्य स्वयसेवी संघका केन्द्रिय अध्यक्ष गीता थिंङले आफ्नो हक अधिकारका लागि सम्पूर्ण स्वयसेवी महिलाहरु एकजुट हुनुपर्ने बताइन् । सरकारले महिला स्वयसेवीहरुलाई पोसाक भत्ता वार्षिक १० हजार र यातायात खर्च भनेर १२ हजार मात्र दिने गरेको गुनासो गरिन् ।

अन्य, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले मासिक तलब, संचयकोष, उपदान लगायतका सुविधाहरु पाएका छन् । तर हामी महिला स्वयसेवकहरुले भत्ताको भरमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले सरकारले स्वास्थ्य सेविकाहरु विदाई गर्दा २० हजार तोकेकोमा आक्रोस पोखिन । सरकारले ६० वर्ष उमेरसम्म सेवा गरेबापत विदाई हुँदा कम्तिमा पनि एक लाख तोक्नुपर्ने माग गरिन् ।

शिवसताक्षी नगरपालिकामा महिला स्वयमसेविकाहरुको संख्या ४१ जना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुले हाल विदाई हुँदा ३० हजार पाउँछन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरभित्र काम गर्ने महिला स्वयमसेवीकाहरुले न्यनतम रकममा काम गर्दै आएको बताए । उनले महिला स्वयसेवीकाहरुले बेला बेलामा नगरपालिकामा आएर आफ्ना समस्याहरु जानकारी गराउनु पर्ने बताए । नगरपालिकाकाले महिला स्वयसेवीकाहरुले विदाई गर्दा ३० हजारलाई बढाएर ६० हजार बनाउनु पर्ने प्रस्ताव म आफैले पनि गरेको उनले जानकारी गराए । नगरपालिकाले योजना बनाउँदा महिला स्वयसेवीकाहरु आफु अन्तर्गतको शाखामा सम्पर्क गरी आफ्ना कुराहरु राख्न बुझाब दिए ।

नगरपालिकाले स्थानीय आयश्रोत बमोजिम महिला स्वयसेवीकाहरुलाई सम्वोधन हुने खालका कार्यक्रमहरु ल्याउने उनको भनाई थियो ।

प्रकाशित मिति : पुष १७, २०८० मंगलबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]