बैशाख २१, २०८१ शुक्रबार

झापामा तातो खोलेमा डुबेर घाइते बालिकाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदशीमा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका वडा नं. ५ का गोपाल टुडूको दुई वर्षीया छोरी सृष्टि टुडूको उपचारको क्रममा मृत्यु भएको हो ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन सकेको थिएन । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमण्डौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वल बिक्रम थापाले बताउनुभयो ।

झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जलन सम्बन्धित स्थानीय स्तरमा उपचार सम्भव नहुँदा बालिकाको मृत्यु भएको बताउनु भएको छ । बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।

‘‘सबै स्थानीय तहले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ,’’ सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ । झापामा जलनको सहज उपचारका लागि अस्पतालहरुमा व्यवस्था नरहेको बताइन्छ ।

प्रकाशित मिति : पुष १८, २०८० बुधबार  १२ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]