बैशाख १७, २०८१ सोमबार

अर्जुनधाराका रेफ्री दनुवारसँगै कार्की, भुजेल र धिमाल फिफामा

झापा – झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । दनुवार फिफा रेफ्रीको सूचीमा परेसँगै झापाली फुटबलमा एउटा इतिहास कोरिएको छ ।

मुख्य रेफ्री श्याम दनुवारसँगै सहायक रेफ्रीत्रय हरिश कार्की, प्रकाश भुजेल र मेरिना धिमाल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सुचिमा नेपालको तर्फबाट कुल १२ रेफ्री परेका छन् । गत वर्षबाट संख्या घटबढ नभएपनि चार रेफ्री भने परिवर्तन भएका हुन् । झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गर्दा प्रकाश नाथ श्रेष्ठ भने फिफा सुचीबाट बाहिरिएका छन् ।

त्यस्तै सहायक रेफ्रीतर्फ स्वर्गीय विक्रम चौधरी र अष्ट्रेलिया भासिएका युनाल मल्लको स्थानमा चितवनका प्रकाश भुजेल र काठमाडौंका हरिश कार्की आएका छन् । महिलातर्फ राधिका शाक्यको स्थानमा एपीएफकी मेरिना धिमाल फिफा सहायक रेफ्री बनेकी छिन् ।

२०२३ बाट मुख्य रेफ्रीमा प्रज्वल क्षेत्री, नविन्द्र महर्जन र कविन ब्यन्जनकारले फिफा रेफ्रीमा निरन्तरता पाएका छन् । महिलातर्फ अन्जना राई नै निरन्तर फिफा रेफ्री छिन् । त्यस्तै सहायक रेफ्रीमा नानीराम थापा, माधव खत्री, किशन कन्हैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाए ।

नेपालबाट सन् २०२४ को फिफा रेफ्री सूची (आफ्नो नियुक्ति मिति):

फिफा रेफ्री (५) : नविन्द्र महर्जन (२०१६), कविन ब्यन्जनकार (२०१८), प्रज्वल क्षेत्री (२०२१), अन्जना राई (२०२१), श्याम दनुवार (२०२४)

फिफा सहायक रेफ्री (७) : नानीराम थापा (२०११), माधव खत्री (२०१६), सहदेव श्रेष्ठ (२०१९), किशन कन्हैया यादव (२०२१), प्रकाश भुजेल (२०२४), मेरिना धिमाल (२०२४), हरिश कार्की (२०२४)

प्रकाशित मिति : पुष २१, २०८० शनिबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]