जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोड महोत्सवमा आज लाहुरे आउने

बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्धारा आयोजित बिर्तामोड महोत्सबमा शनिबार चर्चित र्यापर गायक आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् ।

चर्चित र्यापर गायक लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको उपस्थिति खचाखच हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । शनिबार लाहुरेसँगै ब्याड कम्पनी ब्याण्डको पनि प्रस्तुती रहने भएको छ ।

पुष ९ गतेदेखि सुरु भएको महोत्सब माघ ५ गतेसम्म सञ्चालन हुने छ । महोत्सबमा हाउजी, बिङगो, तम्बोला जस्ता खेलसमेत सञ्चालनमा छन् ।

महोत्सबमा स्थानीय परिकार उपलब्ध गराउनका लागि स्टल ब्यवस्थापन गरिएको छ । बिभिन्न मनोरञ्जनात्मक खेल तमासाहरु महोत्सबका आकर्षण हुन् । महोत्सबमा दिन प्रतिदिन अवलोकनकर्तामो भिड बढिरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : पुष २८, २०८० शनिबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]