बैशाख २३, २०८१ आईतबार

चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका -४ भाङबारीस्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाद्वारा स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा आयोजित साधारणसभाले प्रस्तावित नीति तथा कार्यक्रम, बजेटमाथि छलफल र आन्तरिक कार्यविधि परिमार्जन एवं अनुमोदन गर्दै सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाका अध्यक्ष याम बहादुर दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार अर्जुनधारा नगरपालिका क्षेत्रका ८५ प्रतिशत कृषकहरूको रोजगारी समस्यालाई मध्यनजर गरी उनीहरूको आर्थिकबृद्धि, जीवनस्तर उकास्ने अभिप्रायले यो संस्था स्थापना गरिएको हो । यस संस्था वि .सं २०५७ सालदेखि औपचारिक रुपमा झापा जिल्ला सहकारी डिभिजन कार्यालयबाट संस्था मान्यता पाएको प्रतिवेदनद्वारा जानकारी गराइएको छ । बचत कर्ताहरुलाई जमानत ऋण तथा कृषि ऋण १ लाख रुपैयाँसम्म कर्जा १६ ब्याज कायम गरी लगानी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै लेखा समितिका सदस्य तुलसी प्रसाद खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल ६८३ जना सदस्य रहेको संस्थाको शेयर पूँजी ३९ लाख ९६ हजार ८ सय ७५ रुपैयाँ , निक्षेप संकलन ९६ लाख ४७ हजार १ सय १५ रुपैयाँ र कर्जा लगानी १ करोड ८ लाख ६३ हजार ९ सय ५८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा व्यवस्थापकको तर्फबाट निर कुमार मगरले आर्थिक बर्ष ०७९ -०८० को आयव्यय तथा ०८०-०८१ को लागि अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संस्था ज्येष्ठ सदस्य देउबहादुर मगर र उत्कृष्ट ऋणी याम प्रसाद खत्रीलाई सम्मानपत्रसहित नगद राशीले पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष दाहालको सभापतित्व र कार्यवाहक सचिव मणी भण्डारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि कटुवाल, नेपाली कांग्रेसका वडा सभापति खेम काफ्ले, अर्जुनधारा माध्यमिक विद्यालयका प्रधानाध्यापक बेदमाया निरौला, आयोजक संस्थाका उपाध्यक्ष बसोधा घिमिरे, पूर्व सचिव प्रेम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : पुष २८, २०८० शनिबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]