बैशाख २४, २०८१ सोमबार

अनेरास्ववियु अर्जुनधाराको अध्यक्षमा आयुष

बिर्तामोड । अनेरास्वयियु अर्जुनधारा नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा आयुष मिश्र सर्वसम्मत चयन भएका छन् । शुक्रवार सालवारी झिलको सभाहलमा सम्पन्न अधिवेशनबाट मिश्र सर्वसम्मत बनेका हुन् ।

यस्तै, नगर कमिटीको उपाध्यक्षमा कृपा रिजाल, विशेष आछामी, सचिव शितल खनाल, सहसचिव प्रविना सुवेदी, अनिल दाहाल, उत्सव सुवेदी, मनिषा भट्टराई र कोषाध्यक्षमा विनीता मिश्र सर्वसम्मत चयन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य एव्म झापा इञ्चार्ज रोशन लामाले जानकारी दिए ।

सदस्यहरुमा अर्जुन लुइटेल,प्रमिला गजमेर,सिदार्थ दाहाल, सागर काफ्ले, पवन अधिकारी, पवित्रा पौडेल, प्रयत्न पोख्रेल, निलम ढकाल, मल्लिका घिमिरे, उत्साह सुवेदी, झरना दाहाल, खगेन्द्र गिरी, गौरव ढुङ्गाना, कमल भट्टराई, सविन कडेल र प्रमिला रामदाम रहेका छन् ।

नेकपा एमाले झापाका सचिव शिव ढुङगेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नयाँ कमिटीलाई झापा इञ्चार्ज लामाले शपथग्रहण गराएका थिए ।

प्रकाशित मिति : माघ ६, २०८० शनिबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]