चैत्र ६, २०८० मंगलबार

गर्जो टार्न निस्किए चिया मजदुर

मजदुर बस्ती दिनभर सुनसान

बिर्तामोड । चिया मजदुर गर्जो टार्नका लागि विकल्प खोज्न थालेका छन् । मजदुरले विहान बेलुकाको छाक टार्न गाह्रो भएपछि विकल्प खोज्न थालेको गिरी बन्धु टिस्टेटमा रामचन्द्र उराउले जानकारी दिए ।
गत चैत १७ गतेदेखि आन्दोलनरत चिया मजदुरले सरकारले तोकेको श्रम ऐन अनुसार ज्याला सहितको सुविधा माग राखेर आन्दोलन गरिरहेका छन् । उनीहरुले माग पुरा नभएसम्म बगानमा काममा नफर्किने बताउँदै आएका छन् ।


उराउ परिवारबाट ४ जना बगानमा पत्ति टिप्ने काम गर्दै आएका थिए । काम बन्द गरेर बसेका मजदुरलाई दैनिक गुजारामा समस्या भएपछि उराउ परिवारबाट ३ जना घर निर्माणको काममा जान थालेका छन् । उनका अनुसार खाद्यान्न जुटाउने विषय मात्र होइन, ऋणको व्याज र किस्ता बुझाउन पनि बाहिर काममा जानै पर्छ । ‘हामी माग पुरा नभइन्जेल काममा जादैंनौ, अन्यत्र कामको विकल्प खोजिन्छ’ उनले भने ।


गिरीबन्दुमा उराउ परिवार मात्र होइन, अधिकांश चिया मजदुर घर निर्माण सहित अन्य काममा जान थालेका छन् । जयमासी मुण्डाको परिवारबाट २ जना मजदुरीका लागि बाहिर गइरहेका छन् । दिनभर काम गर्दा, ६÷७ सय आउँछ, मुण्डाले भने – किन घरमै बस्नु ? मजदुर जति अन्यत्र काममा जान थालेपछि मजदुर बस्ती दिनभर सुनसान हुने गरेको छ । परिवार चलाउन काममा विकल्प खोज्न थालिएको उनीहरुको भनाई छ ।


मजदुर नेतृ सिता सापकोटाले चिया मजदुरको परिवारमा भोकमरी लागिसकेको बताएकी छन् । उनका अनुसार कामको विकल्प नखोजिए भोकमरी लाग्ने अवस्था छ । शहर बजार नजिकै हुने मजदुरले काम पाउँछन्, उनीहरुलाई कामको धेरै समस्या नहुन सक्छ । तर , ग्रामीण क्षेत्रका मजदुर गिठ्ठा खोजेर खान थालिसके ।

कांश चिया मजदुर घर निर्माण सहित अन्य काममा जान थालेका छन् । जयमासी मुण्डाको परिवारबाट २ जना मजदुरीका लागि बाहिर गइरहेका छन् । दिनभर काम गर्दा, ६÷७ सय आउँछ, मुण्डाले भने – किन घरमै बस्नु ? मजदुर जति अन्यत्र काममा जान थालेपछि मजदुर बस्ती दिनभर सुनसान हुने गरेको छ । परिवार चलाउन काममा विकल्प खोज्न थालिएको उनीहरुको भनाई छ ।


मजदुर नेतृ सिता सापकोटाले चिया मजदुरको परिवारमा भोकमरी लागिसकेको बताएकी छन् । उनका अनुसार कामको विकल्प नखोजिए भोकमरी लाग्ने अवस्था छ । शहर बजार नजिकै हुने मजदुरले काम पाउँछन्, उनीहरुलाई कामको धेरै समस्या नहुन सक्छ । तर , ग्रामीण क्षेत्रका मजदुर गिठ्ठा खोजेर खान थालिसके ।

प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]