बैशाख १४, २०८१ शुक्रबार

पूर्वी नाका काँकडभिट्टाबाट २१३ नेपाली चेलीको उद्धार

काँकडभिट्टा । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ । सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो ।

वैदेशिक रोजगारीको बहाना बनाएर भारतलगायत तेस्रो मुलक लैजान लागेको अवस्थामा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । सोही अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको छ भने बलात्कारको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको उनकाे भनाइ थियो ।

मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । बेचविखनमा परेका पीडितको उद्धार गरे पनि हालसम्म बेचबिखनमा संलग्न व्यक्ति फरार रहेको संयोजक घिमिरेको भनाइ छ । “पीडितले नै उजुरी दिन हामीलाई सहयोग गर्दैनन्”, घिमिरेले भने, “जसका कारण अभियुक्त फरार हुन्छन् ।

प्रकाशित मिति : पुष ११, २०७६ शुक्रबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]