बैशाख २१, २०८१ शुक्रबार

झापा गोल्डकपसँग ९८ लाख ८८ हजार नगद मौज्दात

बिर्तामोड । झापा गोल्डकपको छैटौं संस्करणका लागि आयोजक समिति तयारीमा जुटेको छ । फागुन १९ गतेदेखि हुने गोल्डकपका लागि आज पत्रकार सम्मेलन गरेर तयारी बारे जानकारी दिइएको हो ।

आज गरिएको पत्रकार सम्मेलनमा पाँचौं झापा गोल्डपकको हिसाव सार्वजनिक नगरेको विषय जोडतोडका साथ उठेको थियो । गोल्डकपले औपचारिक रुपमा हिसाव सार्वजनिक नगरे पनि कोषाध्यक्ष केदार गिरीले आफ्नो मोवाइलमा भएको हिसाव पत्रकारहरुलाई सुनाईदिए । कबोल भएको सहयोग संकलन नभएकाले सार्वजनिक नगरेको पनि स्पष्ट पारिएको छ ।

पत्रकार सम्मेलनमा आज कोषाध्यक्ष केदार गिरीले सार्वजनिक गरे अनुसार झापा गोल्डकपको खातामा आज ९८ लाख ८८ हजार २ सय १३ रुपैयाँ नगर मौज्दात छ ।

बिर्तामोडको एक्सल डेभेलपमेन्ट बैंकमा ६५ लाख ३२ हजार ८ सय २० रुपैयाँ, धौलागिरी पारिजात सहकारीमा ९ लाख ३५ हजार १ सय ४६ रुपैयाँ, स्वरोजगार भवानी सहकारीमा २१ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ, शिखर सहकारीमा १ लाख २५ हजार र पृथ्वी सहकारीमा १ लाख २५ रहेको कोषाध्यक्ष गिरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
फागुन १९ गतेदेखि हुने गोल्डकपका लागि १ करोड ४० लाख लागत अनुमान गरिएको छ ।

गत वर्ष बिर्तामोडमा नभएको झापा गोल्डकप भद्रपुरमा आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकप सम्पन्न गरेको भद्रपुरले यो वर्ष गोल्डकप आयोजना नगर्ने सक्ने संभावना बढेर गएको छ । बिर्तामोडमा हुने गोल्डकपले भद्रपुरको चाम घटाउने खेलप्रेमीले विष्लेषण गरेका छन् ।

प्रकाशित मिति : माघ ९, २०८० मंगलबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]