जेष्ठ २, २०८२ बिहीबार

सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौ, ११ माघ । नेपाली बजारमा सुनको भाउ बिहिबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको हो । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : माघ ११, २०८० बिहीबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]