बैशाख १३, २०८१ बिहीबार

सम्पादकीय : दुर्गा प्रसाईको पागलपन

झापाको परिचयमा थपिएको विएण्डसी अस्पतालसँगै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनको अन्तिम तयारी गरिएको छ । पुस १६ गतेदेखि औपचारिक रुपमा क्यान्सर अस्पतालमा सेवा सुरु गरिदैछ । ४ सय करोडको लगानीमा थालिएको क्यान्सर अस्पताल अब झापाको लागि मात्र होइन, नेपालकै गौरवको संरचना बनेको छ । क्यान्सर उपचारको लागि भारतसहित विभिन्न राष्ट्र जानुपर्ने नेपालीको बाध्यता सकिएको छ । विएण्डसी अस्पताल सञ्चालनमा ल्याएर स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएका दुर्गा प्रसाईले अर्को योगदानको थालनी गरेका छन् । उनको यो कदमलाई इतिहासले सम्मान पक्कै गर्नेछ ।

बिर्तामोडमा अस्पताल सुरुआत गर्दा प्रसाईलाई पागलको संज्ञा दिइएको थियो । उनै प्रसाईले आज नेपालमै नभएको अत्याधुनिक प्रविधि सहितको क्यान्सर अस्पताल निर्माण गरिसकेका छन् । व्यक्तिगत जीवनसँग हरेक मान्छे रुष्ट र खुशी दुवै हुन्छ । तर, प्रसाईले सारा आलोचकका अगाडि सिङ्गो राज्यकै दायित्व पुरा गर्दैछन् । स्वास्थ्य क्षेत्रमा सयौं करोड लगानी गरेर सारा विरामीलाई जीवन दिन खोज्नु महान कर्म हो । मुखले सबै ठिक पोर्नेहरु प्रसाईका सामुन्ने लज्जित भएका छन् । एउटा व्यक्तिको साहसले आज क्यान्सरको उपचारमा नयाँ युगको प्रारम्भ हुने भएको छ ।

सयौंलाई रोजगारी, स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गर्ने प्रसाई सामाजिक जीवनमा पागल झै लागेका छन् । यदि उनीसँग यो हिसावको पागलपन थिएन भने न विएण्डसी बन्ने थियो नत क्यान्सर अस्पताल नै । बिर्तामोडमा अस्पताल नै नभएका होइनन् । सबै अस्पतालका सामु चुनौति पनि छ । तर, उपचारमा सम्झौता नगर्ने उनीहरु क्यान्सरको उपचार पनि सहुलियतमै गर्ने अपेक्षा गरिएको छ । महंगो अस्पताल भन्दै व्यापक विरोध भयो । तर, यहि विएण्डसी हो अन्तिम अवस्थामा पुगेका विरामीलाई बचाउने । अब क्यान्सरमा पनि मुल्यको कुरा उठ्न सक्छ । मुल्य त मुद्दा मात्र हो । यहाँ जीवन चाहीँ महत्वपूर्ण छ । दिल्लीदेखि अमेरिका पुग्ने क्यान्सरका विरामीले झापामै उपचार पाउने कुरा भन्दा अर्को ठुलो कर्म के खोज्नु । यदि प्रसाईमा सेवाको पागलपन थिएन भने यो गौरव गर्ने विषय रहने थिएन ।

प्रकाशित मिति : पुष १२, २०७६ शनिबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]