बैशाख २३, २०८१ आईतबार

सीतारमेश क्याम्पसमा स्ववियुले लगायो ताला

बिर्तामोड । झापाको बुद्धशान्तिमा रहेको सीतारमेश बहुमुखी क्याम्पसमा स्ववियुले आज तालावन्दी गरेको छ । स्ववियुले क्याम्पस प्रमुख र लेखाको कार्यालयमा तालावन्दी गरेको जनाएको छ ।

स्ववियु निर्वाचन सम्पन्न भएको १० महिना पुरा हुँदा समेत क्याम्पसले आफ्नो दायित्व पुरा नगरेको भन्दै स्ववियुले तालावन्दी गरेको सभापति प्रदिप बर्देवाले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले स्ववियुलाई गुमनाम बनाउने प्रयास गरेको छ ।

स्ववियुले पाउनुपर्ने अधिकार र बजेट समेत उपलब्ध नगराएकोले तालावन्दी गरिएको जनाइएको छ । स्ववियु कोषले अनिवार्य प्राप्त गर्नुपर्ने रकम नपाएसम्म ताला नखोल्ने स्ववियु सभापति बर्देवाले जानकारी दिएका छन् । विद्यार्थीको साझा संस्था स्ववियुमाथि क्याम्पसले गरिरहेको व्यवहार बेठिक भएकाले तत्काल सच्याएर पुरा गर्नुपर्ने दायित्व पुरा गर्न बर्देवाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]