बैशाख २२, २०८१ शनिबार

पुनः मुचुल्का गरेर शव उठाउने सहमति

बिर्तामोड । बाह्रदशी गाउँपालिका –३ स्थित ‘राजगढ महोत्सव’ बाट फर्किएका युवा बाटोमा मृत फेला परेपछि एक व्यक्ति मृत फेला परेका छन् । घटना रहस्यमय भएको बुझिएको छ ।

बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सव हेर्न गएका उप्रेती आज बिहान राजगढ–चारपाने सडक खण्ड अन्तर्गत त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मृतक उप्रेतीले प्रयोग गरेको प्र.१. ०१ , ०१६ प १५५३ नम्वरको मोटरसाइकल शबको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए । उनले भने – शब र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन भएको जस्तो देखिँदैन तर, प्रहरीले मुचुल्का नै नगरी शव उठाएर लगेपछि हामीले विरोध गरेका हौं ।
अहिले मृतक रविनको शव पुनः सोही स्थानमा राखेर मुचुल्का गर्न लागिएको छ । तर, मृतकका आफन्त र स्थानीयले उप्रेतीको दुर्घटनामा निधन भएको हो, या कसैले हत्या गरेर शव फालेको हो सो को अनुसन्धान नगरी शव उठाउन नदिने भन्दै विरोध गरिरहेका छन् ।

सवारी दुर्घटनामा परी बेहोस अबस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा स्थानीयले विरोध जनाएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । गिरीका अनुसार मुचुल्का गरेर पोष्टमार्टममा पठाइनेछ ।

वैदेसिक रोजगारीका लागि साउदी गएका उनी २२ दिन अघि मात्रै घर फर्किएको बाह्रदशी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । बैदेशिक रोजगारीबाट फर्किएसंगै उनी जग्गाको कारोवार गर्दै आएका थिए ।

प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार  १२ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]