बैशाख २२, २०८१ शनिबार

फाइटरले कमायाे दाेस्राे दिनसम्ममा ६१ कराेड

मुम्बइ, १३ माघ । ऋतिक रोशनको फिल्म फाइटरले शुक्रबार भारतमा ३९ करोड कमाएको छ। यसमा ऋतिक रोशन स्क्वाड्रन लिडर शमशेर पठानियाको भूमिकामा छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म बिहीबार हलमा रिलिज भएको थियो । सैकनिल्कका अनुसार फिल्मले रिलिज भएको दुई दिनमै ६० करोड रुपैयाँभन्दा बढी कमाएको छ।

फिल्मले पहिलो दिन भारतमा २२.५ करोडको ओपनिङ गरेको थियो । समाचार अनुसार यसले दोस्रो दिन भारतमा ३९ करोड रुपैयाँ कमाएको छ। हालसम्म फिल्मले घरेलु बक्स अफिसमा ६१.५ करोड कमाइसकेको छ ।

फाइटरले दर्शक र समीक्षकहरुबाट राम्रो प्रंशशा पाएको छ। फाइटरले ऋतिक र दीपिकाको पहिलो पटक अन स्क्रिन सहकार्यमा रहेका छन ।

प्रकाशित मिति : माघ १३, २०८० शनिबार  ११ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]