जेष्ठ ६, २०८२ सोमबार

स्टाफ नर्स मृत फेला

धनगढी – धनगढीमा एकजना स्टाफ नर्स मृत फेला परेकी छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर आफ्नै कोठामा मृत फेला परेकी हुन्। 

धनगढी उपमहानगरपालिका ५ तारानगरको ऐश्वर्या स्कुलनजिकै डेरा गरी बस्ने ऐर आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक ऐर धनगढीस्थित निसर्ग अस्पताल र नवजीवन अस्पतालमा कार्यरत थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : पुष १३, २०७६ आईतबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]