बैशाख २०, २०८१ बिहीबार

बिर्तामोड वाणिज्य संघमा स्वतन्त्र प्यानलबाट ४ जना पदाधिकारीको नाम टुङ्गियो

बिर्तामोड, १७ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको ‘स्वतन्त्र व्यवसायिक प्यानल’ मा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्ध व्यवसायीहरुको प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो । यसैगरि व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।

अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मी प्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।

स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवारहरु हिजो आज सदस्यता नविकरण तथा मतदातासँगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासंग भेटघाट तथा सदस्यता नविकरण गराउने काम भईरहेको व्यवसायी युवराज निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : माघ १७, २०८० बुधबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]