बैशाख १६, २०८१ आईतबार

डा. बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप

बिर्तामोड । हाडजोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डाक्टर हुन्, रुपेशजङ्ग बेलवासे ।

नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबीबीएस गरेका डाक्टर बेल्वासेले सन् २०१८ मा बनारस हिन्दु विश्व विद्यालयबाट एमएस गरेका थिए । उनले हाडजोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको फेलोसिप अस्ट्रियाबाट गरेका हुन् । भारतको अपोलो अस्पताल नयाँ दिल्लीमा समेत काम गरेको डा. वेल्बासेमा अनुभव छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा विगत साढे चार वर्षदेखि कार्यरत डाक्टर बेल्वासेले यही वर्ष एओ ट्रमा फेलोसिप (स्वीजरल्यान्ड) बाट जारी गरिने छात्रवृत्ति प्राप्त गरेका हुन् ।

युरोपबाट पाएको एओ ट्रमा फेलोसिप लिएका डक्टर बेल्वासेले अब जटिल रोगको समेत अझ सरल तरिकाबाट उपचार गर्ने भएका हुन् । यही फेलोसिपका क्रममा उनले हंगेरी र जर्मनीमा पनि सिक्ने अवसर पाएका थिए ।

बिर्तासिटी अस्पतालमा कार्यरत डक्टर बेल्वासेले यसअघि पनि छिनेका हात जोडेका थिए । बिरामीको छिनेको हात शल्यक्रियाका माध्यमबाट जोडर सफल उपचार गरेसँगै डाक्टर बेल्वासेको चर्चा पूर्वमा चुलिएको थियो ।

डाक्टर बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजारभन्दा धेरै बिरामीको सफल उपचार गरिसकेका छन् । काठमाडौँ स्थायी घर भएका डक्टर बेल्वासेसँग उपचार लिने सेवाग्राहीमा सबैभन्दा धेरै हात खुट्टा भाँचिने र नशा काटिनेहरु रहेका छन् । यसैगरी डाक्टर बेल्वासे कहाँ सेवा लिन आउनेहरु मेरुदण्ड, दूरबिनबाट उपचार र जोर्नी प्रत्यारोपणका रहेका छन् ।

एओ ट्रमा फेलोसिप (स्वीजरल्यान्ड) बाट प्राप्त गरी यो उपाधि पाउने डाक्टर बेल्वासे झापाका लागि जिल्लाकै पहिलो हाडजोर्नी विशेषज्ञ हुन् । हाडजोर्नी सम्बन्धी युरोपबाट एओ ट्रमा फेलोसिप प्राप्त गरेसँगै आगामी दिनमा यो अस्पतालबाट सेवाग्राहीलाई अझ सरल तरिकाले उपचार प्रदान गर्न सहज हुने अस्पतालका व्यवस्थापक विनोद बस्नेतले बताए ।

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]