जेष्ठ ३, २०८१ बिहीबार

कृषिथोकमा हस्तक्षेप नगर

सम्पादकीय
झापाको बिर्तामोडमा रहेको कृषिथोक बजार केहि दिनदेखि तनावमा छ । त्यसको मुख्य कारण भनेको नयाँ नेतृत्व चयनमा नेपाली कांग्रेसको अवरोध हो । नेपाली कांग्रेसले कृषिथोक बजारको निर्वाचनमा पटक–पटक अवरोध खडा गरिरहेको किसानको आरोप छ । किसानलाई स्वतन्त्र रुपमा नेतृत्व चयन गर्न दिनुपर्ने ठाउँमा दलहरुको अवरोध हुनु दुखद छ । कृषिथोक बजार वर्षौदेखि दलहरुको चपेटामा छ । दलहरुकै चपेटामा परेको बजारलाई स्वतन्त्रता चाहिएको छ । तर, दलहरुले बजारलाई सधैं हस्तक्षेप गरिरहेका छन् । कृषिथोक बजारमा व्यवसायी र किसानलाई स्वतन्त्र नछोडेसम्म बजारको बिकास संभव छैन । त्यसका लागि दलहरुले हस्तक्षेप गर्ने काम बन्द गर्नुपर्छ ।

माघ २० र २१ गते दुई दिन निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरिएको थियो । कार्यक्रम अनुसार निर्वाचन अघि बढ्न सकेन । स्थानीय तहले किसान प्रतिनिधि पठाएको थियो । किसान प्रतिनिधि नै फर्जी भएको मुद्धा उठेपछि त्यसको छानविन नै नगरी निर्वाचन स्थगित मात्रै गर्ने काम भइरहेको छ । को किसान फर्जी छ ? त्यसको छानविन गर्नुको बदलामा निर्वाचन नै रोकेर किसानमारा काम गरिएको छ । खासगरी नेपाली कांग्रेसले वर्षौदेखि आप्mनो पकड जमाएको बजारमा पछिल्लो कार्यकालमा नेतृत्व विहीन बन्यो । त्यसै कारण कांग्रेस कुनै पनि हालतमा नेतृत्व हत्याउने दाउमा छ ।

स्थानीय तहहरुले किसान प्रतिनिधि पठाउँदा नै कांग्रेसले कोटा मागेको थियो । एमालेका मेयर तथा अध्यक्षहरु भएको पालिकाबाट आएका प्रतिनिधिमाथि शंका गरेको कांग्रेसले कृषिथोक बजारको निर्वाचन प्रभावित बनाइरहेको छ । किसानको धेरै वितिसकेको छ । किसानका बारीमा काम छन् । यहाँ कांग्रेस किसानलाई घुमाउने ध्याउन्नमा लागेको छ । त्यसलाई केहि दलहरुले साथ समेत दिएका छन् । कृषिथोक बजारमा कुनै पनि दलले हस्तक्षेप गर्न हुदैन । किसानको बजारमा पार्टीको हस्तक्षेपले राम्रो सन्देश दिएको छैन । सर्वदलीयका नाममा बजारको नेतृत्व चयनलाई प्रभावित बनाउनेका काम तत्काल रोकिनुपर्छ । र, निर्वाचन समितिले पनि दलको प्रभावभन्दा बाहिर बसेर नियम बमोजिम प्रक्रिया सुरु गर्न जरुरी छ ।

प्रकाशित मिति : माघ २५, २०८० बिहीबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]