बैशाख २३, २०८१ आईतबार

अर्जुनधारा माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित अर्जुुनधारा माध्यमिक विद्यालयले ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ बिहीवार सम्पन्न गरेको छ ।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ४ का वडा अम्बर बहादुर कटुवालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयद्वारा आयोजित कार्यक्रममा प्रधानाध्यापक बेदमाया निरौलाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ऐतिहासिक पृष्ठभूमिको बारे अवगत गराएकी थिइन् ।

जम्मा २४६ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षक, शिक्षिका गरी १९ जनाले अध्यापन गराउँदै आएको विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार विद्यालयले कम्प्युटर कक्षा समेत संचालन गरिसकेको र आगामी आर्थिक बर्षदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गरिनेछ ।

भौतिक संरचना भवन निर्माण विद्यालयमा शौचालय, खानेपानी र पुस्तकालयको व्यवस्था गरिएको छ । त्यस्तै विद्यालयका लेखा संयोजक प्रेम कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा शिक्षक भिमराज बानियाँ र शिक्षिका उर्मिला दाहाललाई सम्मान तथा बिदाई गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पिटि प्रदर्शन गरेका थिए ।

त्यसैबीच विद्यार्थीहरु रञ्जना लेप्चा, अनुस्का दाहाल लगायतले स्वागत तथा मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालको सभापतित्व र शिक्षक कमल पौडेलको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि कटुवाल, शनिश्चरे बहुमुखी क्याम्पस प्रमुख मोहन प्रसाद ओली , शिवनारायण आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खतिवडा, अर्जुनधारा माविका शिक्षक, अभिभावक संघका संयोजक खेम काफ्ले, सहायक प्रधानाध्यापक माया देवी कार्की , अक्षयकोष दाता बम बहादुर कार्की , दाता लिला कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि विद्यालयको खेल मैदानमा लङ्गजम्प, ट्रिपल जम्प, ज्याभलिन, सटपुट, ४×१०० मिटर रिले दौड ,८०० मिटर दौड, छात्रछात्राको १०० र २०० मिटर , कङगारु दौड, भाले जुधाइँ, बेलुन फुटाई जस्ता खेलकुदका कार्यक्रमहरु सम्पन्न भइसकेको खेल शिक्षक चन्द्र प्रसाद लुँईटेलले जानकारी दिए ।

प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]