बैशाख २३, २०८१ आईतबार

एक विद्यार्थीको अभिभावकत्व ग्रहण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।

अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक विद्यार्थी एक अभिभावक’ अभियानमा जोडिएर कञ्चनजङ्गाले अभिभावकत्व ग्रहण गरेको विद्यालयका संस्थापक गुरुभक्त न्यौपानेले जानकारी दिए ।

विद्यालयको १६ औं वार्षिक उत्सव समारोहको अवसर पारेर कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले १ लाख ५१ हजार १ सय ११ रुपैयाँको चेक संस्कृत पाठशालाका शंकराचार्य लक्ष्मी प्रसाद खतिवडालाई हस्तान्तरण गरेकी हुन् । गुरुकुलको दीर्घकालीन व्यवस्थापनका लागि यो अभियान अघि बढाईएको खतिवडाले जानकारी दिए । अभियानमा हालसम्म १३ जना जोडिएका छन् । जोडिनेहरुमा लक्ष्मी प्रसाद खतिवडा साधुटार, महावीर अग्रवाल मेचीनगर, कुबेर सुवेदी दमक, ईश्वरकृष्ण भण्डारी काठमाडौं, बम बहादुर खतिवडा बिर्तामोड, नेत्र प्रसाद पौडेल बिर्तामोड, राजेन्द्र पौडेल दमक, राजु भटराई पाँचथर, मोहन ढकाल बिर्तामोड, प्रेम प्रसाद प्रसाईं बिर्तामोड, बालमञ्जरी कोइराला भद्रपुर, विनादेवी गोदार थापा बिर्तामोड र गुरुभक्त न्यौपाने कञ्चनजङ्घा अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोड रहेका छन् ।

गुरुकुलमा हाल ८५ जना विद्यार्थी छन् । कम्तिमा १ सय जना अभिभावक बनाउने उदेश्यले यो अभियान ३ महिना अघि देखि सुरु गरिएको हो ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ११ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]