बैशाख २५, २०८१ मंगलबार

झापामा फागुन २१ गते बृहत जनवादी गीति कार्यक्रम गर्ने

बिर्तामोड । झापामा पहिलो पटक जनवादी गीति कार्यक्रम हुने भएको छ । शहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ को अवसर पारेर जनवादी गीति कार्यक्रमको आयोजना गर्न लागेको आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त कार्यक्रममा जनवादी गाय राजन राईको मुख्य प्रस्तुति रहनेछ ।

बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रतिष्ठानले राष्ट्रिय स्तरको बृहत जनवादी गीति कार्यक्रमको तयारी सुरु गरेको जनाएको छ । पुराना जनवादी गायक राजन राईसहित अन्य गायकहरुले खुला कार्यक्रम माझ जनवादी गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

जनवादी गीत संगीतलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले जनवादी गायन क्षेत्रको पुर्नउत्थानमा ठुला सहयोग हुने अपेक्षा गरिएको छ ।

तत्कालिन पञ्चायतीहरुको आक्रमणबाट ज्यान गुमाएका प्रजापति सापकोटालाई राष्ट्रिय शहिद घोषणा गर्न दवाव दिने मुख्य उद्देश्य रहेको छ । जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दीगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गा घेरावारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्ने, सहभागीता र सुनिश्चितता गर्ने लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिएको प्रतिष्टठानका सहसचिव अनिल सापकोटाले जानकारी दिए ।

कार्यक्रममा २ हजार देखि २५ सय दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ भने कार्यक्रमका लागि अनुमानित ३ लाख ५० हजार खर्च हुने जनाइएको छ । बिर्तामोडस्थित सनलाइट म्युजिक स्टुडियोको सांगीतिक व्यवस्थापनमा हुने कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति रहने सापकोटाले जानकारी दिए । सोही अवसरमा प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षी लगायतलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]