जेष्ठ ५, २०८१ शनिबार

उच्च अदालत इलामको फैसलाले झापामा चौपाय तस्कर उत्साहित

बिर्तामोड । उच्च अदालत इलामले मंसिर ८ गते गरेको एक फैसलाले झापामा पुनः चौपाय तस्करी शुरु हुने देखिएको छ । झापा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी विरुद्ध परेको रिटमा व्यवसायीको पक्षमा फैसला भएपछि चौपाय तस्करी हुने देखिएको हो । यो फैसलाले तस्करी गर्नेहरु उत्साहित भएका छन् ।

झापामा भारततर्फ तस्करी बढेपछि झापा प्रहरीले तस्करी नियन्त्रणमा कडाइ गरेको थियो । कडाई भएपछि व्यापारीले चौपायको व्यापार गर्न नसक्दा प्रहरी विरुद्ध उच्च अदालतमा कात्तिक २७ गते रिट दर्ता गराएका थिए । प्रहरीले गैरकानुनी रुपमा कार्यक्षेत्र भन्दा बाहिर गएर गाडी रोकेको , व्यापारमा अवरोध गरेको भन्दै सर्लाही जिल्ला बरहथवा–६ का निरज सिंहले प्रहरी विरुद्ध रिट दर्ता गराएका थिए ।

प्रहरीले तस्करी रोक्दा व्यापार घटेपछि व्यापारीले प्रहरीलाई व्यापारमा अवरोध गरेको, गाडी रोकेको भन्दै घुमाउरो रिट दर्ता गराएका थिए । प्रहरीले भने तस्करी रोक्ने अभियान सञ्चालन गरेपनि व्यापारमा अवरोध नपु¥याएको दावी गरिएको छ । निवेदक सिंहले झापा पठाउने पशु चौपायको अहिलेसम्म कतै लगत भेटिएको छैन, एक जना जनप्रतिनिधि भन्छन्, – उनले पठाएको चौपाय कहाँ छ ? सबै चौपाय भारत तस्करी हुने गरेको स्रोतको दावी छ । चौपाय तस्करी नभए पश्चिमबाट पूर्व ल्याउन कुनै जरुरी छैन , झापामा पशु व्यवसायी भन्छन् ।

उच्च अदालतमा निवेदकका तर्फबाट फैसला गर्ने न्यायधीश शिवनारायाण यादव र विष्णुप्रसाद कोइरालाले समेत यथार्थभन्दा बाहिर गएर फैसला गरेको प्रहरीको भनाई छ । प्रहरी भन्छन्, हामीले तस्करी रोकेका हौं, व्यापार होइन । न्यायाधीशले गरेको फैसलाले व्यापारीको व्यापार बढ्ने र तस्करी मौलाउने बताइएको छ ।

रिट निवेदकले झापाको विभिन्न स्थानका बजारमा व्यापारका लागि चौपाय ओसारपसार गर्दा प्रहरीले अवरोध पु¥याएको विषय गलत हो । व्यापारमा कुनै हस्तक्षेप छैन, सुरक्षा अधिकारीहरु भन्छन् ।

गाई–गोरु तस्करी नियन्त्रणमा प्रहरीले कडाई गर्नासाथ झापामा तहल्का मच्चियो । वर्षौदेखिको तस्करी नियन्त्रण गर्ने झापा प्रहरीको अभियानलाई राष्ट्रव्यापी रुपमा प्रशंसा पनि मिल्यो । तर, केहि समय सुनसान बनेको तस्करी फेरि सुरु हुन लागेको बुझिएको छ ।

झापाको दक्षिण क्षेत्रबाट चौपाय तस्करी दिनहुँ बढेपछि जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट गाडीसहित चौपाय बरामद गरेर भन्सार बुझायो । दैनिक सयौं ठुला ट्रकमा आयात गरिने पशु चौपाय भारतमा तस्करी हुने निष्कर्ष पछि प्रहरीले अभियानकै रुपमै नियन्त्रणमा लिदै आएको छ । भर्खरै झापाबाट सरुवा भएका एसपी दिनेश मैनालीले चौपाय तस्करीमा विषेश अभियान चलाएका थिए ।

गत साउनदेखि हालसम्म झापा प्रहरीले २ सय ७४ थान पशुचौपाय नियन्त्रणमा लिई भद्रपुर भन्सार बुझाइसकेको छ । कुल ५४ थान गाई, २०५ थान गोरु, ७ थान बाछा र ८ थान बाछी गरी कुल २ सय ७४ थान पशु चौपाया र पशु चौपाय तस्करीमा प्रयोग भएको ४ वटा पिक अप तथा २ वटा ट्रक समेत आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ठुलो परिमाणमा झापा आइरहेको चौपाय जिल्लामा खपत नहुने र रातभर भारततर्फ तस्करी हुने खवर आएपछि प्रहरीले तस्करीमा कडाई गरेको थियो । झापाको विभिन्न बजारमा विक्रिका लागि ल्याइएको भनिए पनि भारतीय व्यापारीले चौपाय रातारात भारत पु¥याउने गरेका छन् ।

झापामा गौरीगञ्ज, झापा बजार, राजगढ,कुञ्जिवारीबाट भारत तस्करी हुने गरेको छ । उच्च अदालत इलामले तस्करीको पक्षमा गरेको फैसलाको सम्बन्धमा प्रहरी असन्तुष्ट छन् । उक्त फैसलाको विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने प्रहरी अधिकारीको भनाई छ ।

प्रचलित कानुन मुलुकी अपराध संहिता २०७४ अनुसार गाई–गोरु काटमार गर्न, यातना दिन नपाइने व्यवस्था छ । मासुको प्रयोजनका लागि झापाबाट तस्करी हुने चौपाय अन्य राष्ट्र पठाउनु दण्डनीय अपराध हो । पशु ढुवानी मापदण्ड २०६४ विपरित पशु ढुवानी समेत भइरहको प्रहरीको भनाई छ । अदालतको फैसलासँगै झापामा गाई–गोरु तस्करी बढेको सूचनाका आधारमा गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको छ । उक्त टोलीले तस्करी नियन्त्रणका लागि सरोकारवालासँग बाक्लो भेटघाट गरिरहेको छ ।

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]