जेष्ठ ३, २०८१ बिहीबार

हिकोला र घरधनी दुवैलाई न्याय होस्

सम्पादकीय
कुनै पनि व्यवसाय क्षेत्र सुरक्षित र मर्यादित हुन आवश्यक छ । त्यसका लागि राज्य पक्ष नै संवेदनशील हुनुपर्छ । व्यवसायीहरुको लागि व्यावसाय गर्ने वातावरण हुनुपर्छ । त्यसका लागि व्यवसायी र सरोकारवाला क्षेत्र मर्यादित हुनुपर्छ । झापाको बिर्तामोडमा रहेको चर्चित होटल हिकोला हेरिटेज यतिवेला तनावमा छ । त्यसको मुख्यको कारण हो, काँकडभिट्टाको विवाद । माघ २५ गते भएको विवादले काँकडभिट्टाको होटल सञ्चालन गर्न सक्ने वातावरण देखिदैन । होटल सञ्चालकमाथि दुव्र्यवहार, हातपात भइसकेपछि फेरि त्यहाँ फर्किएर जादाँ अर्को तनाव आउन सक्छ । त्यसैले दुई पक्षबीच छलफलबाटै विवाद समाधान खोज्नुपर्छ ।

होटल सञ्चालकमाथि भएको कुटपिट र दुव्र्यवहार बेठिक छ । होटल व्यवसायमा स्थापित परिवारमाथि भएको दुव्र्यवहार समस्याको समाधान थिएन । समस्या समाधानका लागि दुई पक्षबीच सहज परिस्थिति निर्माण गर्नुपर्नेमा झगडा , विवाद गरेर व्यवसायमै आँच ल्याउनु दुखद भएको छ । घटना यहि हप्ता सार्वजनिक भयो । तर, घटना हुनुको रहस्य पुरानै भएको बुझियो । घरधनी र होटल सञ्चालकबीचको पुरानै विवाद यतिवेला बाहिर आएको छ । दुई पक्षबीच समस्याको समाधान गरेर मात्रै अघि बढ्नुपर्नेमा जवरजस्ती काम गरेको देखिन्छ ।

घरधनी र सञ्चालकबीच सौहार्द वातावरण नहँुदा व्यवसायलाई नै असर गर्छ । व्यवसाय गर्नेहरुले घरधनीसँग मुद्धामामिला गरेर, विवाद गरेर जानु हुदैन । मुद्धामामिलाबाटै घरधनीलाई तह लगाउछु भन्नु पनि होटल सञ्चालकको ठुलो कमजोरी देखिन्छ । व्यवसायीले सधैं स्वच्छ व्यवहार गर्नुपर्छ । घरधनीले पनि सम्झौता अनुसार काम गर्नैपर्छ । घरधनीले पनि व्यवसायीको व्यवसाय नै धरासयी बनाउने गरी कुनै पनि क्रियाकलाप गर्न हुदैन । अब, हिकोलाले वर्षौ पुरानो विवादलाई तन्काएर लैजानु समाधान हुदैन । घरधनीले पनि लगानीकर्ताको लगानी डुब्न दिन हुदैन । त्यसका लागि दुवै पक्षको हितमा काम गर्न सक्ने अगुवा नेतृत्वको जरुरी देखियो । दुर्व पक्षलाई न्याय दिइयोस् ।

प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]