बैशाख २१, २०८१ शुक्रबार

कमेडी च्याम्पियनमा झापाबाट शिवसताक्षीका दाहाल मात्रै

शिवसताक्षी । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिस्पर्धीको रुपमा देखिने भएका छन् ।

शिवसताक्षी ७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जनाभित्र परेको बताइएको छ । स्कुलदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय सविन सानैदेखि मेहेनती रहेको उनका काका तारानाथ दाहाले बताए । हाल कमेडी च्यापियनको प्रोमोमा सविन दाहाल देखिन थालेका छन् । कमेडी च्याम्पियनमा झापा उनी एक मात्र प्रतिस्पर्धी हुन् ।
अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएको जनाइएको छ । कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । विशाल भण्डारीले निर्देशन गर्ने शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

केकी अधिकारी, रिमा विश्वकर्मा र विशाल भण्डारी निर्माताको रुपमा छन् । अघिल्ला दुई सिजन जस्तै तेस्रोमा पनि होस्ट, जज र संरचनामा परिवर्तन छैन । जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले निरन्तरता पाएका छन् ।

रिमा र मेक्सम पौडेल होस्टको रुपमा हुनेछन् । शो हरेक साता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुने जनाइएको छ । सिजन १ को विजेता हिमेश पन्त हुन भने दोस्रो सिजनका विजेता भरतमणि पौडेल हुन् ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]