बैशाख २२, २०८१ शनिबार

नवयुवा क्लबको आयोजनामा सात दिवसीय योग शिविर

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ एकता चोक मिलडाँडास्थित सामुदायिक भवनमा ७ दिवसीय वृहत योग शिविर बुधबारदेखि सुरु गरिएको छ ।

‘गरौं योग, बनौं निरोग’ भन्ने मुल नाराका साथ स्थानीय नवयुवा क्लबको आयोजना तथा अर्जुनधारा नगरपालिका – ७ वडा कार्यालय र पतञ्जली योग समिति झापाको व्यवस्थापनमा योग शिविर संचालन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द खतिवडाले विधिवत रुपमा योग शिविरको उद्घाटन गरेका हुन् ।

नवयुवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्व र प्रशिक्षार्थी महानन्द गौतम रहेको शिविर उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, योग संगठन विभागका महामन्त्री रुद्र ओली , महिला सदस्य देविका सिग्देल, अर्जुनधारा अध्यक्ष दधिराम मिश्र ,उपाध्यक्ष टंक कुमारी बस्नेत, अर्जुनधारा नगरपालिका बोर्ड सदस्य भोला परियार, नवयुवा क्लबका संस्थापक अध्यक्ष हिरामान शाह , सल्लाहकार सदस्य तुलसी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । ७० जना भन्दा प्रशिक्षार्थीहरुको सहभागीता रहेको योग शिविरमा देवीप्रसाद घिमिरे र रुद्र ओलीबाट प्रशिक्षण प्रदान गर्नेछन् ।

योग शिविर विहान ४ :३० देखि ६ :०० बजेसम्म सञ्चालन हुने आयोजक जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]