बैशाख २२, २०८१ शनिबार

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजद्वारा श्रद्धाञ्जली अर्पण

शनिश्चरे । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्य समिति झापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको दशौं पुण्य तिथिको अवसरमा बुधबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बुढाथोकी क्षेत्री सेवा समाज झापाद्वारा अर्जुनधारा नगरपालिका – ८ तुतबारी बुढाथोकी निवासमा आयोजित श्रद्धाञ्जली सभामा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज केन्द्रीय समिति, कोशी प्रदेश कार्य समिति, झापा, मोरङ , ईलाम जिल्ला कार्य समितिले तयार पारेको बेग्लाबेग्लै समवेदना पत्रहरु वाचन गरेर शोक सन्तप्त परिवारका सदस्य सुदर्शन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो ।

श्रद्धाञ्जलि सभामा खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय सदस्य देवराज बुढाथोकी, कोशी प्रदेशका अध्यक्ष रामकुमार बुढाथोकी, झापाका अध्यक्ष योगेन्द्र बुढाथोकी लगायतले स्व . बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।

स्व. बुढाथोकीले क्षेत्री समाज र राजनीति क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको बारे चर्चा गरिएको थियो । कार्यक्रममा शोक सन्तप्त परिवारका सुदर्शन बुढाथोकीले दुःखद घडीमा समवेदना प्रकट गर्ने बुढाथोकी क्षेत्री सेवा समाज, विभित्र ,राजनीतिक दलहरु, संघसंस्थाहरु, बन्धुबान्धब, शुभचिन्तकहरुमा धन्यवाद सहित आभार प्रकट गरे ।

उनले यही फागुन ५ गते शनिबारका दिन १३ औं दिनमा शुद्धिशान्तीका लागि उपस्थिति भई दिन सबैलाई अनुरोध समेत गरेका थिए । श्रद्धाञ्जली सभामा जिल्ला बाहिर र भित्रका २ सय जना भन्दा बढी बुढाथोकी बन्धुहरु उपस्थिति रहेको बुढाथोकी क्षेत्री सेवा समाज झापाका सचिव काजी बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]