जेष्ठ ४, २०८१ शुक्रबार

कोषाध्यक्षका उम्मेदवार निरौलाको चर्चा

बिर्तामोड । झापाको व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै जाँदा उद्योग वाणिज्य संघको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् ।

यसकारण व्यवसायका अनेक आयामभित्र युवाले आफूलाई नेतृत्वदायी भूमिकामा सशक्त रुपले उभ्याइरहेका छन् । व्यवसायिक संघसंस्थाको नेतृत्व गरेर उनीहरूको हक, अधिकार र संरक्षणमा लाग्ने व्यावसायिक युवामध्येका एक हुन् व्यवसायी युवराज निरौला ।

मोबाइल एसोसिएसन बिर्तामोडमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष पनि हुन् । व्यवसायीका विषयगत संगठनमा रहेर नेतृत्व गर्दै उनीहरूको समस्या समाधानका लागि निरन्तर लाग्ने युवा व्यवसायीमा निरौलाको नाम आउँछ ।

स्थानीय सरकार, स्थानीय प्रशासन लगायतका सरकारी निकायसँग समन्वय गर्नसक्ने व्यावसायिक क्षमता भएका निरौला सहकारीकर्मी पनि हुन् । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा ११ वर्षदेखि सक्रिय निरौला अहिले लेखा समिति संयोजक छन् ।

मोबाइल व्यवसायमा लागेर आफूलाई व्यावसायिक क्षेत्रमा समर्पित गरेका निरौला बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार छन् । संस्थागत व्यवसायिक योजना बनाएर बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रलाई अबल र प्रतिस्पर्धी बनाउने मामिलामा आफ्नो पहिलो योगदान रहने निरौलाले बताए ।

घरधनी र बहालकर्ताको समस्या मात्र होइन, कर राजस्व लगायतका विषयमा पनि व्यावसायीको हितमा मुद्दा बोकेर हिँड्न सक्ने एउटा सशक्त उम्मेदवारका रुपमा निरौलालाई हेरिएको छ । समस्यामा परेका व्यवसायीलाई संरक्षण गर्ने, उनीहरूको पक्षमा वकालत गर्ने र उनीहरुलाई अन्याय हुन नदिन वातावरण बनाउने अभियानमा निरौलाले सशक्त भूमिका खेल्दै आएका छन् ।

‘व्यवसायिक क्षेत्रमा रहेर मैले जति पनि काम गरेको छु, साथीहरू सबैले मूल्याङ्कन गर्नुभएकै छ’, कोषाध्यक्षका उम्मेदवार निरौलाले भने, ‘बिर्तामोडको उद्योग वाणिज्यको क्षेत्रमा हुने मेरो उपस्थितिलाई धेरै साथीहरुले स्वागत गर्नुभएको छ ।’

उद्योगी व्यवसायीको भावनालाई आत्मसात गर्दै वित्तीय संकटको यो बद्लिँदो स्थितिमा पनि उनीहरूको संरक्षणमा आफूलाई समर्पित गर्दै आएको कोषाध्यक्षका उम्मेदवार निरौलाले बताए । दृढ आत्मविश्वास, निर्णय क्षमता, व्यावसायिक स्थायित्व र सरल तथा मिलनसार स्वभावले निरौलाको चर्चा चुलिएको छ ।

समाजको आर्थिक विकास तथा रूपान्तरणमा व्यावसायिक क्षेत्रले निर्वाह गरेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने दृढ मान्यता बोकेका निरौला बिर्तामोडका आम उद्योगी व्यवसायीले आफूलाई मत दिएर जिताउनेमा ढुक्क छन् ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घलाई संस्थागत रूपमा मजबुत बनाउने, स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, व्यवसायीको पेशागत हित संरक्षण र सुरक्षामा निरन्तर बहस र पैरवी गर्ने, व्यवसायीमाथि हुने अनाधिकृत धरपकड र थिचोमिचो विरुद्ध प्रतिवादमा उत्रने र उद्योग व्यवसायको विकास र प्रवद्र्धन गर्दै साना व्यवसायीको संरक्षणमा समेत उत्तिकै ध्यान दिने गरी लाग्न सक्ने क्षमता आफूमा रहेको निरौलाले बताए ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]