बैशाख ३१, २०८१ सोमबार

झापाका नेत्र सहायक संगठित, अध्यक्षमा युवराज

झापा , फागुन ६ । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् । हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका युवराज हाल भारतको मेघालयस्थित माहात्म गान्धी युनिर्भसिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वास्वास्थ्य सम्वन्धि अध्ययन गरिरहेका छन् ।

झापामा रहेका विभिन्न आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले दाहालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवासी र कोषाध्यक्षमा सञ्जु अर्याल चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा योगेन्द्र राउत, होम धिताल, निशा संग्रौला, रोमा फियाक,क्रिस्टिना शुब्बा, निरज दाहाल र सरु थापा चयन भएका हुन् ।

यता सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्यय चयन भएका छन् । भेलामा मेची आँखा अस्पताल सहित बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्ता आई केयर, मेची नेत्रालय, दिब्यज्योति आँखा अस्पताल, काँकरभिट्टा आई केयर, बिर्ताज्योति आई केयरका नेत्र सहायकहरु सहभागी थिए ।

मेम लाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।
कविता कार्की कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख आतिथि भण्डारी सहित विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ६ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]