बैशाख २३, २०८१ आईतबार

शिवसताक्षीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्व तयारी सुरु गरेको छ । आज शिवसताक्षी नगरपालिका स्वास्थ शाखा आयोजनमा खोप सम्बन्धी जनप्रतिनिधि र महिला स्वास्थ्य सेविकाहरुलाई अभिमूखीकरण गराएको छ ।

अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा जानकारी गराइएको हो । आगामी फागुन २० गतेदेखि २९ गतेसम्म ९ वर्षदेखि ५ वर्ष मुनीका उमेर समूहका बालबालिकालाई दादुरा र रुविला विरुद्धको खोप देशका १५ जिल्ला र ९ वर्षदेखि १५ वर्ष मुनीका उमेर समूहका बालबालिहरुलाई २४ जिल्लामा खोप अभियान सञ्चालने हुने जानकारी गराइएको थियो । अभिमुखीकरणमा जिल्ला स्वास्थ्य कार्यालयका स्वाथ्यकर्मी प्रकाश पाठकले कोभिड १९ पछि दादुरा खोप लगाउन छुट्दा अहिले दादुराको संक्रमण झापा पालिकाहरुमा देखिन थालेको बताए । शिवसताक्षी नगरपालिकामा आ.व. २०७९-८० मा दादुरा र रुविला खोपको पहिलो मात्रा ९७.९ र दोस्रो मात्रा ९७.९ प्रतिशत प्रभावकारी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यक्रममा खोप अभियानमा महिला स्वास्थ्य सेविकाले, जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिकाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

अभिमुखीकरणमा शिवसताक्षी नगरपालिकाले नयाँ रणनीति अपनाएर दादुरा र रुविला उन्मुलनका लागि खोप अभियान सफल बनाउनका लागि सबै तह र तप्कालाई परिचालन गर्ने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले हात्तीपाइले विरुद्धको खोप अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयले शिवसताक्षी नगरपालिकालाई प्रशंसा गरेको र यस पल्टको खोप अभियान पनि प्रभावकारी र प्रशंसनीय हुने गरी काम गर्ने उनको भनाई थियो ।
खोप अभियानका लागि अर्को चरणमा प्रत्येक वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखाका संजय ठकुरीले जानकारी दिए।

कार्यक्रममा महिला स्वास्थ्य सेविकाहरुले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा वडाध्यक्षहरुको न्यून उपस्थिति भएको गुनासो गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, उपप्रमुख नरमाया कार्की,वडाध्यक्ष भवानीविक्रम चेम्जोङलगायतले आफ्नो धारणा राखेका थिए । अभिमुखीकरणको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रकाश पाठकले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]