भव्य र्यालीसहित स्वतन्त्र प्यानलको मनोनयन दर्ता
बिर्तामोड वाणिज्य संघमा १९ पदका लागि ३९ जनाको मनोनयन दर्ता
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले मनोनयन गर्दा गरेका छन् । अध्यक्षमा अर्जुन कुमार मैनाली र राजु न्यौपानेले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि स्वतन्त्र व्यावसायिक प्यानलले नौमति बाजासहित बिर्तामोड परिक्रमा गरेर वाणिज्य संघको कार्यालय पुगेको थियो ।
भव्य र्याली सहित मनोनयनमा पुगेको स्वतन्त्र प्यानलले सबै व्यवसायीहरुको सहयोग प्राप्त हुने अपेक्षा गरेको छ । अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघलाई व्यवसायीहरुको साझा संस्था, कामयावी संस्थाको रुपमा स्थापित गर्ने प्रतिक्रिया दिएका छन् ।
मनोनयन दर्ता गर्नेहरुको नामावली