जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा ‘अनलाइन सोफा’

बिर्तामोड । सुलभ दररेटमा फर्निचर उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा अनलाईन सोफा सञ्चालनमा आएको छ ।
झापा बिर्तामोड–५ स्थित धर्मकाँटा रोडमा अनलाइन सोफा सञ्चालनमा ल्याएको सञ्चालक खड्क थापाले जानकारी दिए । काठमाडौंमा मुख्य कार्यालय रहेको अनलाइन सोफाले बिर्तामोडमा शाखा सञ्चालन ल्याएको हो ।

बिवाह, घर, अफिसका लागि अर्डर अनुसारका फर्निचर सामाग्री उपलब्ध गराइने सञ्चालक थापाको भनाई छ । उनका अनुसार रेडिमेड सोझा, दराज, डाइनिङ टेवल, खाटलगायतका सामग्री सुलभ मूल्यमा उपलब्ध गराइने छ ।
बिर्तामोड शाखाबाट ४० किलोमिटरसम्म होम डेलिभरीको सेवा समेत उपलब्ध गराइने छ । अनलाइन सोफा बिर्तामोडमा तीन हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म मुल्य पर्ने बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]