बैशाख २१, २०८१ शुक्रबार

नवदुर्गाको ४० औं बार्षिकोत्सव सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ४० औं बार्षिकोत्सव विविध कार्यक्रमसाथ सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर गोम्देनले बार्षिकोत्सव समारोहको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक बर्ष ०८०-०८१ को आम्दानी १ करोड ३५ लाख ४३ हजार ६३ रुपैयाँ ९९ पैसा र खर्चतर्फ ९६ लाख ७४ हजार ६ सय ६४ रुपैयाँ १० पैसा रहेको छ । विद्यालयको १ बिगाहा जग्गामा ८ वटा भवन निर्माण गरिएको हाल जम्मा २८९ जना विद्यार्थी र १८ शिक्षक शिक्षिका रहेको विद्यालयमा बाल कक्षा देखि ८ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको छ ।

विद्यार्थीहरुलाई निगरानी राख्न १३ वटा सीसी क्यामेरा र शिक्षक तथा कर्मचारीका लागि विधुतीय हाजिरी यन्त्र जडान गरिएको छ । स्वर्गीय टिकाराम आचार्यको स्मृतिमा ६१ हजार ५१ रुपैयाँ, स्व.सिंह बहादुर र कौशिला कार्कीको स्मृतिमा ५० हजार, श्याम प्रसाद र रामायारी खतिवडाको स्मृतिमा ६२ हजार र स्व. अमर तथा सानु राईको स्मृतिमा १ लाख रुपैयाँ अक्षयकोष स्थापना गरिएको छ । उक्त कोषबाट आएको ब्याजले शैक्षिक गुणस्तरीय पठनपाठन गराउन गरीब जेहेन्दार विद्यार्थीहरुका लागि अंग्रेजी माध्यमका पाठ्यपुस्तक खरिद गरिनेछ ।

विद्यालयमा महिलाका लागि शौचालयको अभाव रहेको छ । प्रधानाध्यापक खतिवडाले प्रतिवेदन प्रस्तुत गर्नेक्रममा मेरो लागि यो अन्तिम बार्षिक उत्सव हो । मैले यस विद्यालय ३६ बर्ष सम्म सेवा गरें । आगामी बर्षको बार्षिक उत्सव अगाडि शिक्षण सेवाबाट अवकाश पाउनेछु । म अतिथिका रुपमा आउनेछु । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरेन्द्रकुमार राई र जग्गा दाता स्व. छत्र बहादुर थापालाई परिवार कमला थापालाई सम्मानपत्र सहित मरणोपरान्त सम्मान गरिएको थियोे ।

त्यस्तै बाल मैत्री शिक्षिका बर्ष उत्कृष्ट शिक्षकका रुपमा कल्पना राजवंशी , अनिवार्य अवकाश पाउने सोमप्रसाद पौडेल र दिर्घ सेवा कार्यरत हरिप्रसाद पाठकलाई सम्मान पत्रसहित सम्मान गरिएको थियोे । विद्यालयमा छात्र तर्फ प्रथम हुने विद्यार्थी राजिव थापा र छात्रा रोमिता कुँवर, अनुशासनमा उत्कृष्ट छात्र अमर पौडेल र छात्रा समिक्षा दनुवार ,अतिरिक्त क्रियाकलाप उत्कृष्ट छात्रद्वय निशान श्रेष्ठ, संगम खाती, छात्रा रुविका कट्टेल ,सरसफाई उत्कृष्ट कल्साङ तामाङ र दिक्षा धमला ,हाजिरी उत्कृष्ट जलु खतिवडा र रिकेश सुनाम ,उत्कृष्ट अभिभावक सर्मिला दनुवार ,नियमित गृह कार्य ल्याने युनिस तामाङ र आसना बानियाँ र उत्कृष्ट हस्तलिखित अक्षर सौगात तिम्सिना र निशा पुरीलाई मेडल प्रदान गरिएको बताइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले मार्च पास, पिटि र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । त्यसैबीच सिर्जना कार्की ,स्मृति दर्जी, दिव्या पौडेल र उनिशा भुजेलले राष्ट्रिय गीतमा पहिलो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै पुर्णिामा तामाङ ,भुमिका ठटाल, लक्ष्मी दर्नाल ,दिवस श्रेष्ठ ,शेखर राई र दनुवार लगायतले १ दर्शन भन्दा बढी मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेलको सभापतित्व र शिक्षक तोया ओलीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिले गोम्देनले शुभकामना मन्तव्य राख्दै विद्यालयमा विद्यार्थीहरुलाई गुणस्तरीय पठनपाठन गराउनुका साथै अतिरिक्त क्रियाकलापमा आबद्ध गराएमा देश समृद्धिको बिकास तिर लम्कने बताए ।

विद्यार्थीहरु नृत्य,गायन या खेलकुद क्षेत्र कुन बिधामा निपुर्ण छ ? शिक्षक तथा अभिभावकले त्यही अनुसार विद्यार्थीहरुको रुचि बुझेर ति क्षेत्रहरुमा समाहित गराउनु पर्ने उनको धारणा थियो । अर्का वक्ता समाजसेवी केदारनाथ पराजुलीले प्रश्न गर्दै भने मठमन्दिरहरु सिंगारिन्छ तर विद्यालयहरु सिगारिन्दैन किन ? मैले यो कुरा बुझिन विद्यालय पनि सरस्वती माताको मन्दिर हो । उनले विद्यालयलाई ५१ हजार रुपैयाँ अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा स्व. गंगा प्रसाद खतिवडाको स्मृतिमा प्रधानाध्यापक रुद्रप्रसाद र राधा देवी खतिवडाले ५५ हजार ५ सय ५५ रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेललाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै स्व.पदम कुमारी थापाले स्मृतिमा काठमाडौ निवासी माधव थापाले १ लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको बताइएको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली, वडा नं. ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेशका महासचिव कपिल देव तिम्सिना, शिक्षिका माया गौतम ,विद्यार्थी समिक्षा दनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस अघि छात्रछात्रा १००, २००, ४०० र ८०० मिटर दौड ,लङजम्प ,सटफुट, कवडडी ,चकलेट दौड ,भाले जुधाई,म्युजिकल चेयर दौड ,हाई जम्प लगायत खेल सम्पन्न भएको स्काउट शिक्षक चुडाकर्ण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]