बैशाख २२, २०८१ शनिबार

बिर्तामोडमा यम बराल सांगीतिक साँझ हुने

बितामोड । झापाको बिर्तामोडमा फागुन ११ गते यम बराल सांगीतिक साँझ हुने भएको छ । अर्जुनधारा नगर प्याब्सनको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरमा यम बराल सांगीतिक साँझको तयारी गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रको संरक्षण संवद्र्धनमा सहयोग गर्ने र शिक्षण सेवामा कार्यरतहरुको रिफ्रेसमेन्टका लागि कार्यक्रमको आयोजना गरिएको अर्जुनधारा नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौलाले जानकारी दिए । उनले विद्यार्थीहरुका लागि विद्यालयमा विविध कार्यक्रमहरु आयोजना भइरहेको जानकारी दिदै शिक्षक, कर्मचारीको तनाव व्यवस्थापनमा समेत सहयोग गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

दैनिक कामधन्दा, व्यवहार र जिम्मेवारीबाट केहि समय छुट्टाएर मनोरञ्जन गर्ने गरी प्याब्सनले कार्यक्रम आयोजना गरेको प्याब्सनका सुमन शर्मा जमरकट्टेलले जानकारी दिए । उनले यो कार्यक्रमले मनोरञ्जनसँगै कला, संगीतको संरक्षणमा सहयोग पुग्ने विश्वास गरेको बताए ।

प्रति व्यक्ति १ हजार टिकट शुल्क लाग्ने कार्यक्रममा ३ सय जनाको उपस्थिति हुने बताइएको छ । प्याब्सनका जिल्लाभरका सम्बन्धित व्यक्तिहरु धेरै उपस्थित हुने कार्यक्रममा सबैले सहभागिता जनाउन सकिनेछ ।
बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा गायक यम बरालको पनि उपस्थिति रहेको थियो । उनले प्याब्सनले आयोजना गरेको कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दै उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]