बैशाख २०, २०८१ बिहीबार

केपी ओली कप : अर्जुनधारामा वडास्तरीय फुटसल, ८ नं. विजयी

बिर्तामोड । केपी ओली कप २०८० को पूर्वसन्ध्यामा भएको अर्जुनधारा वडा स्तरीय फुटसलमा वडा नं. ८ विजयी भएको छ । आज भएको फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ७ र ८ बीच प्रतिस्पर्धा भएको थियो । वडा नं. ८ ले टाइबे्रकरमा ७ नं. लाई पराजित गरेको हो ।

राष्ट्रिय युवा संघ अर्जुनधारा वडा नं. ६ को आयोजना तथा वडा नं. ७ र ८ को सहआयोजनमा भएको फुटसलमा ८ वटा टिम सहभागी भएका थिए । केपी ओली कपको प्रचार प्रसार गर्ने उद्देश्य आयोजना गरिएको प्रतियोगिताको विजेता टिमलाई प्रमुख अतिथि राष्ट्रिय युवा संघको स्थायी कमिटी सदस्य रोजिना पाण्डे र झापा जिल्ला इञ्चार्ज राज आङदेम्बे, पार्टीका जिल्ला कमिटी सदस्य लोकनाथ गौतम, डम्बर यादव, खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेन्द्र धिमाल, वडा सचिव नेता रमेश काफ्ले लगायतले शिल्ड प्रदान गरेका थिए । आयोजक कमिटीका अध्यक्ष हेम बहादुर श्रेष्ठको अध्यक्षता तथा नगर घनेन्द्र डाँगीको सञ्चालनमा भएको फुटसल प्रतियोगितामा वडा नं. ४ देखि १० सम्मको सहभागिता थियो ।

फागुन ११ गते (भोली) देखि काठमाडौंमा हुन गइरहेको केपी ओली कपको झापा जिल्लाभर व्यापक प्रचार प्रसार गरिएको स्थायी कमिटी सदस्य पाण्डेले जानकारी दिइन् ।

संगठनका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज आङदेम्बेले केपी ओली कपको प्रचारका लागि जिल्लाभर मैत्रीपूर्ण फुटबल, फुटसल प्रतियोगिता र चोकचोकमा व्यानर राख्ने काम जानकारी दिए ।

राष्ट्रिय युवा संघ झापा र प्रेस चौतारी झापा, मेचीनगर १–२, कमल गापा र शिवसताक्षी, बाह्रदशीमा राष्ट्रिय युवा संघ (महिला) र अनेमसंघ बाह्रदशी, बाह्रदशीका कर्मचारी र राष्ट्रिय युवा संघ बाह्रदशी, भद्रपुरमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुबीच मैत्रीपूर्ण फुटबल भएको इञ्चार्ज आङदेम्बेले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]