बैशाख २१, २०८१ शुक्रबार

दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २७ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले गमलामा विरुवा रोपण गरेर साधारणसभाको उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथि र अतिथिहरुले विभिन्न प्रजातिका २७ वटा विरुवाहरु गमलामा विरुवा रोपेका थिए । । साधारणसभामा उपभोक्ता समूहका अध्यक्ष टेकनाथ अधिकारीले समूहको ऐतिहासिक पृष्ठभूमिको बारे जानकारी गराउँदै आर्थिक बर्ष २०८० र ०८१ को अनुमानित बजेट ,निति तथा कार्यक्रम , वन संरक्षण ,संवर्द्धन र विकास ,गरीबी न्युनिकरण , वन पैदावर संकलन लगायत बिषयहरु समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वन पैदावर तथा अन्य शिर्षकबाट प्राप्त आम्दानी १ करोड ४४ लाख १५ हजार १ सय ९६ रुपैयाँ ४५ पैसा र खर्च तर्फ वन बिकासमा ४४ लाख ७२ हजार १ सय २२ रुपैयाँ ,ट्याक्टर संचालनमा ३ लाख ३३ हजार १ सय ९८ रुपैयाँ ,प्रशासनिकमा १४ लाख ८ हजार २ सय ४३ रुपैयाँ ,सामाजिकमा ४ लाख रुपैयाँ र गरीबी न्युनिकरणमा ५९ लाख ४९ हजार १ सय ९१ रुपैयाँ ४५ पैसा र विविधमा १७ लाख ५२ हजार ४ सय ४४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै लेखा समितिको तर्फबाट संयोजक इन्द्रमणि पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहका अध्यक्ष अधिकारीको सभापतित्व र सहसचिव सिताराम पराजुलीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर पराजुलीले शुभकामना मन्तव्य राख्दै पहिले दाउरा लिन जाँदा डोको नाम्लो खोसिन्थ्यो , अहिले वन ( जंगल सुधार भइरहेको बताइन् । पराजुलीले सामुदायिक वन उपभोक्ताहरुलाई हक , हित दिने अधिकार स्थानीय सरकारसंग नभएको सुनाइन् । आगामी दिनमा स्थानीय सरकार र सामुदायिक वनको साझेदारीमा उपभोक्ताहरुका लागि के गर्न सकिन्छ , छलफल गर्नु पर्ने बताइन् । अर्का विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले उपभोक्ताहरुको हक हित अधिकार कटौती गर्ने गरी कुनै पनि कार्यक्रम नल्याउन नेपाल सरकारलाई खबरदारी गरे । उनले उपभोक्ताहरुको अधिकार कुण्ठित हुने गरी आएको निति( नियमहरु पालना नगर्ने बताए ।

यदि हक हित कुण्ठित गरेमा आफू सहिद बन्ने उनले नेपाल सरकारलाई चेतावनी दिए । कार्यक्रममा कन्काई सब डिभिजन वन कार्यालयका रेन्जर याम राना मगर , अर्जुनधारा नगरपालिका बोर्ड सदस्य भोला परियार , प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मातृका पोखरेल ,दहिझोडा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष देवराज बुढाथोकी ,दुर्गा पञ्चायन मन्दिर लक्ष्मीपुरका अध्यक्ष छबिलाल लम्साल ,शनिश्चरे प्रहरी चौकीका प्रमुख नरबहादुर खड्का , भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाल , आयोजक समूहका उपाध्यक्ष तुलाराम बस्नेत ९ अर्जुन ०लगायतले शुभकामना मन्तव्य राखेका थिए । जम्मा १९११ जना उपभोक्ता रहेको समूहमा १२ सय भन्दा बढी कार्यक्रममा उपस्थिति रहेको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]