जेष्ठ ४, २०८१ शुक्रबार

अर्वमाथि कारोवार गर्ने कोशीका ११ सहकारीमध्ये झापामा १० वटा

बिर्तामोड । कोशी प्रदेशमा एक अर्वभन्दा माथि कारोवार गर्ने सहकारीहरुको संख्या ११ वटा पुगेको छ । त्यसमा १० वटा झापाको सहकारी रहेका छन् । प्रदेश सहकारी झलक २०८० मा प्रकाशित सहकारीहरुको विवरण अनुसार एउटा सहकारी मात्रै झापा बाहिरको रहेको छ ।

झापाको पनि बिर्तामोडमा मात्रै एक अर्वमाथि कारोवार गर्ने सहकारी ४ वटा रहेका छन् । एक अर्व माथि कारोवार गर्ने झापाका सहकारीहरुमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काँकडभिट्टा, कर्णाली बचत चता ऋण सहकारी संस्था बिर्तामोड, मेची बहुउद्देश्यी सहकारी संस्था दमक, सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था तोपगाछी, हाम्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक र नवोदय बहुउद्देश्यीय सहकारी संस्था तोपगाछी रहेको छ । झापा बाहिरको इटहरीमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]