बैशाख २५, २०८१ मंगलबार

शिवसताक्षीमा दादुरा र रुबेला खोप विरुद्धको खोप लगाउन सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आजबाट दादुरा र रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको छ । शिवसताक्षी ८ झिलझिले स्थित सेभेनसीज बोर्डिङ्ग स्कुलका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

खोप अभियानको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले खोप अभियानको उद्घाटन गरेका हुन् । उनले कसैले पनि सङ्कोच नमानिकन खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

बालबालिको स्वास्थ्य सुरक्षाका लागि राज्यले खोप अभियानमा ठूलो रकम खर्चेको छ । बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि सबै अभिभावकहरुले खोप लगाउन प्रेरित गर्नु पर्ने नगरप्रमुखले थोप्राले बताए ।

खोप अभियानको उद्घाटनमा नगरउपप्रमुख नरमाया कार्कीले यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकार वालाहरुको महत्वपुर्ण भुमिका रहने बताइन् । उनले विद्यालय भन्दा बाहिर रहेका नानीहरुलाई पनि खोप लगाउन अभिभावहरुलाई आग्रह गरेकी थिइन् ।

शिवसताक्षीमा एकै पटक ३० वटा खोप केन्द्र बनाई दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको नगरका स्वास्थकर्मी संजय ठकुरीले जानकारी दिए । उनका अनुसार नगर भित्र खोप लगाउनु पर्ने करिब १५ हजारका हाराहारीमा बाललिकाहरु रहेका छन् ।

नगरमा भएका स्वास्थ्यकेन्द्र र नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा खोप अभियान सञ्चालन गरिएको छ ।

नगरपालिकामा आ.व. २०७९-८० मा दादुरा र रुवेला खोपको पहिलो मात्रा ९७.९ र दोस्रो मात्रा ९७.९ प्रतिशत प्रभावकारी देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आजबाट २९ गतेसम्म ९ वर्षदेखि ५ वर्षमुनिका उमेर समूहका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप देशका १५ जिल्ला र ९ वर्षदेखि १५ वर्षमुनिका उमेर समूहका बालबालिकालाई २४ जिल्लामा खोप अभियान सञ्चालन भएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]