जेष्ठ ४, २०८१ शुक्रबार

सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम

काठमाडौं, २४ फागुन । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ ।  चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो ।

चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १२ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]