बैशाख २१, २०८१ शुक्रबार

अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरुको उल्लेखनीय उपस्थिति

शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्री पर्वका दिन भक्तजनहरुको उल्लेखनीय उपस्थिति जनाएका छन् । त्यसै अवसरमा धाम समितिले २३ गतेदेखि आयोजना गरेको महाशिवरात्री पर्व त्रिदिवसीय अष्टसिद्धि रुद्र महायज्ञ आज समापन गरिएको छ ।

त्रिदिवसीय महायज्ञ समुदघाटनका दिन बिहान यज्ञमा गुरु बटुक र यजमानद्वारा हवन,२४ गते रुद्राभिषेकका साथ निरन्तर दिनभरि यज्ञ अनुष्टान र २५ गते शुक्रबार बिहान ४ः३० बजे देखि मुलमन्दिरको दर्शन साथै हवन चार प्रचर रात्री रुद्राभिषेक यज्ञ, बेलुकी भजन सन्ध्या कार्यक्रम गरिएको धाम समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।

सो अवसरमा बेलुकी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा’ एक साँझ शिवका माझ’ भजन सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मनोज गजुरेल, जिल्ला स्तरीय कलाकारहरुले भजन र धार्मिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकारको लोकप्रीय शिव ताण्डव नृत्य प्रस्तुति रहेको थियो । गत बर्षको तुलनामा यस बर्ष धाममा शिवरात्री पर्वका दिन भक्तजनहरुको भीड बढेको कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]