बैशाख १३, २०८१ बिहीबार

कनकाई सामुदायिक वन अब सीसी क्यामेराको निगरानीमा

कार्यलय भवन , गोलघर र वन पुस्तकालय उद्घाटन

सिएम शर्मा

सुरुङ्गा । कनकाई सामुदायिक वन उपभोक्ता समूह कनकाई नगरपालिका ३ सुरुङ्गामा कार्यलय भवन , गोलघर र वन पुस्तकालयको एकसाथ उद्घाटन भएको छ ।

झापा क्षेत्र नं. ४ का प्रदेश सांसद हिराकुमार थापाले बुधबार समुहले आयोजना गरेको कार्यक्रममा कार्यलय भवन , गोलघर र वन पुस्तकालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।
समुहको १८औं टोल प्रतिनिधि भेला र समुहले छ महिना अघिबाट संचानल गरेको गरिव तथा विपन्न वर्गका ८५ उपभोक्ताका बिद्यार्थी र महिलालाई कम्पुटर एड्भान्स साथै कटिङ्ग ,डिजाइनिङ्ग सिपमुलक तालिमको समापन पनि सोही कार्यक्रममा गरिएको थियो भने सोही अवसरमा तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

नयाँ वनेको कार्यलय भवन सुबिधा सम्पन्न रहेको र वनलाई बैज्ञानिक र ब्यवस्थित ढङ्गले सन्चालन गर्न घाट गद्दी र कार्यलय परिसरमा सिसि क्यामरा समेत जडान गरि घाटगद्धिसम्म सम्पुर्णको निगरानी कार्यलयबाटै गर्न सकिने ब्यवस्था मिलाइएको वनका अध्यक्ष ख्याम ओलीले जानकारी गराएका छन् ।
त्यसैगरी पचास जना भन्दा बडी बस्न सक्ने गरिको गोलघरमा माथिल्लो भागमा भ्युटावर बनाई वन घेरालुले त्यहीबाट पनि वनको धेरै क्षेत्रमा निगरानी गर्ने सक्ने ब्यबस्था मिलाइएको अध्यक्ष ओलीले जानकारी दिए । सामुदायिक वन क्षेत्रमा उदाहरणीय काम गर्दै आएको कनकाई सामुदायिक वनले यसअघि वन क्षेत्रमा सोलार वत्ती बालिसकेको छ भने निकट भविष्यमै बिज्ञान पार्क बनाउने सम्पूर्ण तयारी पूरा गरि यहि टोल भेलाबाट स्वीकृत पनि भईसकेको छ ।

कनकाई सामुदायिक वनमा बनेको वन पुस्तकालय सम्भवत वन क्षेत्रमै उदाहरणीय पुस्तकालय छ । उक्त पुस्तकालय सन्चालनका लागि डिभिजन वन कार्यलय झापा , साहित्यकार कोमल प्रसाद पोखरेल , मित्र प्रसाद दाहाल , गोपाल संग्रौला , प्रेम प्रसाद अधिकारी , हरिभक्त संग्रौला , युवराज मैनाली, संचारकर्मी लिलाराज झापाली लगायतबाट हजार थान बडी पुस्तक सौजन्य प्राप्त भएको छ । निकट भबिष्यमानै पुस्तकालयमा ईसेवाको पनि सेवा दिने योजना रहेको छ ।

टोल भेलामा ख्याम ओलीले अध्यक्षको प्रतिवेदन , विधान तथा कार्ययोजना संशोधन प्रतिवेदन उपाध्यक्ष ललित बहादुर कार्कीले ,आर्थिक कार्यक्रम प्रतिवेदन कोषाध्यक्ष प्रकाश थपलियाले र आर्थिक लेखा परिक्षा सदस्य माधव ढकालले प्रस्तुत गरेका थिए । भेलाले प्रस्तुत सवै प्रतिवेदन पास गर्दै आगामी पौष २७ गते वनको २२औ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद हिरा थापा , संघसंस्थाको तर्फबाट सुरुङ्गा खानेपानीका अध्यक्ष भिम अधिकारी , समुहका सल्लाहकार भीष्म मैनाली , वडा अध्यक्षको तर्फबाट कनकाई ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया , पुस्तक दाताको तर्फबाट गोपाल संग्रौला , प्रशिक्षार्थीको तर्फबाट प्रज्ञा प्रधान र लक्ष्मी कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]