बैशाख २२, २०८१ शनिबार

कृतिसा र रिदम बने दि लिटल प्रिन्स एण्ड प्रिन्सेस

बिर्तामोड । दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ सिजन ९७ को ग्रान्ड फिनाले सोमबार सम्पन्न भएको छ । बिर्तामाड-२ चारपानेमा सम्पन्न प्रतियोगिताको उपाधि सिनियरतर्फ कृतिसा खड्का र रिदम श्रेष्ठ, जुनियरतर्फ सृष्टि बस्नेत र सिद्धार्थ भुजेलले उचाले भने प्रि-जुनियरमा प्रिन्सेसतर्फ काव्या श्रेष्ठ र प्रिन्सतर्फ एरोन गुरुङ विजेता बनेका छन् ।

ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनियरतर्फ फर्स्ट रनरअप रश्मी मोक्तान, सेकेन्ड रनरअप स्मृति पाठक र पाल्मु तामाङ बनेका थिए । जुनियरतर्फ फर्स्ट रनरअप साइना चौहान, सम्राट दाहाल, सेकेन्ड रनरअपमा एन्जोलिजा लोहोनी, प्रिन्सा राई र सफल लिम्बू भएका छन् । प्रि-जुनियरतर्फ फर्स्ट रनरअपमा एनी राई र प्रजिन गुरुङ, सेकेन्ड रनरअपमा रुपशिखा कन्दङवा र सम्भव गौतम विजयी बनेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगितामा अडियन्स चोइज अवार्ड दृती अधिकारीले प्राप्त गरिन् भने सोसियल मल्टी मिडिया अवार्ड रश्मी मोक्तानले उचालेकी छन् ।

त्यसैगरी सबटाइटल अवार्डतर्फ ब्युटिफुल स्माइल कृतिका लिम्बू, ब्युटिफुल फोटोजेनिक आर्या शिवाकोटी, ब्युटिफुल पर्सनालिटी एमी राई, मोस्ट ट्यालेन्ट काव्या श्रेष्ठ, बेस्ट एक्सप्रेसन रुपशिखा कन्दङवा, बेस्ट फन्डसिप विज्ञान्सी मगर, मोस्ट क्युट दृति अधिकारी, ब्युटिफुल चार्मिङ रेस्मिका दुलाल, मोस्ट डिसिप्लिन प्राप्ती दाहाल, मोस्ट ट्यालेन्टमा समृद्धि शिवाकोटी, ब्युटिफुल वाल्क अवार्ड जिया थुलुङ, लिटल कङ्गनालिटी एन्जोलिजा लोहोनी, बेस्ट फन्डसिप मिक्समा लिम्बू, मोस्ट पपुलर कृतिसा खड्का, ब्युटिफुल पर्सनालिटी सृष्टि बस्नेत, बेस्ट परफर्मेन्स, बेस्ट फन्डसिप प्रिन्सा राईलाई, बेस्ट लिडरसिपमा आरुषी थेवे, मोस्ट हेल्दी नुमा हाङ्मा लिम्बूलाई, ब्युटीफुल वाल्कमा पाल्मु तामाङ, मोस्ट कन्फिडेन्ट स्मृति पाठक, मोस्ट ग्लामरस अवार्ड रोश्नी मोक्तान, मोस्ट एनरजेटिक सम्भव गौतम, स्मार्ट वाल्क प्रजिन गुरुङ, बेस्ट स्माइल आयुष्मान आचार्य, मोस्ट हेन्डसम एरोन गुरुङ, मोस्ट ट्यालेन्ट अवार्ड सम्राट दाहाललाई, मोस्ट डिसिप्लिन सिद्धार्थ भुजेल, बेस्ट फन्डसिप अवार्ड आयान कार्की, बेस्ट फोटोजेनिक सफल लिम्बू र मोस्ट इन्टेलिजेन्स अवार्ड रिदम श्रेष्ठले जित्न सफल भएका छन् ।

प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा फेसन डिजाइनर आशा बानियाँ उप्रेती, समाजसेवी यशोदा उप्रेती, ब्युटिसियन पूजा भट्टराई र फेसन कोरियोग्राफर एलिजा जोशी रहेका थिए । कार्यक्रममा लोकप्रिय गायिका गंगा विष्टको विशेष प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठ तथा कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए । कार्यक्रममा ३१ जना बालबालिकाको सहभागिता रहेको थियो । ग्ल्यामरस नेपालले विगत दुई दशकदेखि यस किसिमका इभेन्टहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]