बैशाख १८, २०८१ मंगलबार

मिक्लाजुङमा सिम्रिकको निशुल्क स्वास्थ्य शिविर, ४४५ जना लाभान्वित

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ ।

मोरङ्ग जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी सुर्य प्रसाद रिमालको सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारी स्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच हुनुपर्ने भन्दै संस्थाले विशेष प्राथमिकतामा राख्दै स्वास्थ्य सम्बन्धी कार्य गर्दै आएको र सोही अनुसार नै शिविर संचालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, ई.सि.जि. सेवा, ल्याब (प्रयोगशाला) को सुविधा विशेषज्ञ डाक्टरहरुबाट प्रदान गरिएको साथै औषधी समेत निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराई जानकारी दिए ।

शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी जम्मा ४४५ जना स्थानीयहरुले प्रत्यक्ष रुपमा सुविधा लिएको र शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा संचालित शिविरमा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । वडाध्यक्षले स्थानीय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पु¥याएको सहयोगलाई धन्यवाद ज्ञापन गर्दै समुदाय प्रेरित कार्यहरुका लागि स्थानीय सरकार सदैव साथमा रहेको अवगत गराएका थिए ।

संस्थाका सचिव इन्द्र बहादुर कार्कीले स्वागत मन्तब्य राखेकाको कार्यक्रमको संचालन विभागीय प्रमुख प्रेम बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]