बैशाख १६, २०८१ आईतबार

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ, १ चैतः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]