बैशाख १६, २०८१ आईतबार

अतिथीलाई कुचो उपहार

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवसीय सीपमुलक तालिम दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अम्लिसोको कुचो बाट्ने तालिमको समापन गरिएको हो ।

तालिममा नगरका ५० जना अपाङ्गता भएको व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिमको समापनमा बोल्दै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकाले तालिम चलाएको बताइन् । अपाङ्गगता भएका व्यक्तिहरुले आफुलाई कमजोर नसम्झिन पनि उनले सुझाएकी थिइन् । नगरपालिकाले यस्ता व्यक्तिहरुलाई रोजगार बनाउन उहाँहरुले सक्ने खालका कामहरुको पहिचान गरी तालिम दिइएको हो । उनले भनिन्, विश्वमा अपाङ्गता भएका व्यक्तिहरुले पनि धेरै ठुला–ठुला कामहरु गरेका छन् । तर आफुले गर्न सक्ने कामको पहिचान गरी त्यसलाई पेशाको रुपमा अंगाल्न सक्नु पर्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै शिवतसाक्षी नगरपालिका लेखा प्रमुख प्रकाश योङ्गहाङले नगर भरीका अपाङ्गगता भएका व्यक्तिहरुको खोजी गरी उहाँहरुलाई आय आर्जनका लागि यस्ता खालका कार्यक्रम ल्याएइएको बताए । स्थानीय सरकार जनताको सरकार भएकाले पनि फरक क्षमता भएका व्यक्तिहरु पनि अरु नागरिक सहर बाँँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै उहाँहरु लक्षित कार्यक्रमलाई नगरपालिकाले जोड दिएको उनको भनाई थियो ।

पाँच दिवशीय तालिमको सहजीकरण चन्द्रबहादुर पुर्कुटी र विधिनाथ प्रोख्रेलले गरेका थिए । तालिममा सहभागीहरुको तर्फबाट उत्कृष्ट कुचो बाट्ने ४ जनालाई पुरस्कृत समेत गरिएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका अतिथिहरुलाई तालिममा बनाइएका अम्लिसोको कुचो उपहार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग, वडा सदस्य सुरेश राजवंशी, नेपाल रेडक्रस शिवतसाक्षी सभापति गोविन्द काफ्ले, शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

तालिम शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोग तथा समावेशी अपाङ्गता समितिको आयोजनामा भएको थियो । देबु चापागाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने समावेशी अपाङ्गता समिति शिवसताक्षी ७ का अध्यक्ष सन्तोष भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]