जेष्ठ ६, २०८२ सोमबार

बनियाँनीमा रोकेर राखेको बसमा आगजनी

बिर्तामोड । बुधबार साँझ कचनकवलस्थित बनियाँनीमा रोकेर राखेको बसमा आगजनी भएको छ । राती ८ः४५ बजे बसमा आगजनी भएको स्थानीय नविन ढुङ्गानाले जानकारी दिए ।


बनियाँनीबाट गाइघाट कुद्ने यात्रु बाहक बस त्रियुगा ट्राभल्समा आगजनी हुँदा बसमा ठुलो क्षति पुगेको छ । आजगनी हुनासाथ कचनकवलको ट्याङकर र भद्रपुर नगरपालिकाको दमकलको साहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।

बसमा कसरी आगलागी भयो भन्ने बुझ्न सकिएको छैन । ना ४ ख १७७० नम्बरको बस आगजनी पछि पूर्ण रुपमा क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति : पुष १७, २०७६ बिहीबार  ११ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]