बैशाख १८, २०८१ मंगलबार

औषधिजन्य खाद्य जडिबुटी बिक्री केन्द्रको समुद्घाटन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ शनिश्चरे बजारस्थित सामुदायिक भवनमा एक दिवसीय स्वास्थ्य सचेतना मुलक तथा औषधिजन्य खाद्य जडिबुटी बिक्री केन्द्र (डिलर) समुदघाटन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

आरोग्य जीवन ट्रेडर्स अर्जुनधारा तथा जी.ओ.जी , मल्टीट्रेड प्रा.लि. कोशी प्रदेशको संयुक्त आयोजनामा बिग्रदो स्वास्थ्य ,बढ्दो बेरोजगारी यसलाई सुधार गर्न टेवा पु¥याउने जी (गिफ्ट) ओ (अफ).जी.(गड) “को जिम्मेवारी भन्ने उद्धेश्यले कार्यक्रम भएको हो ।

आरोग्य जीवन ट्रेडर्स अर्जुनधाराका संचालक प्रेम सागर सापकोटाको सभापतित्व तथा स्थानीय ज्येष्ठ नागरिक तारानिधि भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेटफेश अस्पताल भरतपुर चितवनका अध्यक्ष गोविन्द हुमागाई र जीओजी मल्टीट्रेड प्रालिका अध्यक्ष कृष्ण रिजालले सहजीकरण गरेका थिए ।

कोशी प्रदेश प्रालिका इञ्चार्ज रमेश प्रसाद संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा जी.ओ.जी. मल्टीट्रेड प्रालिबाट प्रशोधित प्राकृतिक औषधिजन्य खाद्य जडिबुटी तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइएको थियो । संग्रौला अनुसार मल्टी ट्रेड प्रालिद्वारा प्रशोधित औषधि खाद्य जडिबुटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको छ ।

विभिन्न रोग निवारक प्राकृतिक औषधि जन्य खाद्य जडिबुटीको बिक्री केन्द्र शनिश्चरे बजारमा स्थापना गरिएको संचालक सापकोटाले जानकारी दिए । सो कार्यक्रममा ६० जना भन्दा बढी सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]